कर्णाली प्रदेश

‘कर्णाली प्रदेशको योजना अवधारणापत्र’ तयारी गोष्ठी शुरु

सुर्खेत । कर्णाली प्रदेशको दीर्घकालीन विकासको रणनीतिक खाका तयारी गर्ने उद्देश्यले ‘कर्णाली प्रदेश योजना अवधारणापत्र’ तयारी गोष्ठी आजदेखि यहाँ शुरु भएको छ ।

कर्णाली प्रदेश योजना आयोगद्वारा शुरु भएको सो गोष्ठीमा कर्णाली प्रदेशस्थित जलविद्युत्, खनिज सम्पदा, कृषि, पर्यटन, जडीबुटीलगायत उपलब्ध स्रोत साधन, तिनको प्रयोग र सम्भावनाका विषयमा छलफल हुने आयोगका सदस्य डा दीपेन्द्र रोकायाले जानकारी दिए ।

दुई दिने सो गोष्ठीमा विभिन्न क्षेत्रको सुझाव सङ्कलन गरेर अवधारणापत्रलाई पूर्णरुप दिइने उनले बताए। उक्त गोष्ठीमा कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाही, मन्त्रीहरु, प्रदेश योजना आयोगका उपाध्यक्ष डा पूण्यप्रसाद रेग्मीसहित विभिन्न क्षेत्रका विज्ञको सहभागिता रहेको छ ।