आर्थिक

एभरेष्ट बैंक र पंजाव नेशनल बैंकबीच एमओयूमा हस्ताक्षर

काठमाण्डौ । देशको कुना–कुनामा शाखा विस्तार गर्दै सबै प्रकारका नागरिकलाई एउटै छानामूनि विभिन्न वित्तिय तथा बैंकिङ सेवा प्रदान गरेर नम्बर एक वाणिज्य बैंक बन्ने उद्देश्यका साथ एभरेष्ट बैंकले भारतीय गोरखा शैनिकमा आवद्घ स्थायी नेपालीलाई सुविधा प्रदान गर्न भारतको पंजाव नेशनल बैंकसँग एमओयूमा हस्ताक्षर गरेको छ ।

पंजाव नेशनल बैंकको मुख्य कार्यलय नयाँ दिल्लीमा एक कार्यक्रमको आयोजना गरेर बैंकका प्रमुख कार्यकारी निर्देशक सोमेश्वर सेठ, समिर बाजपाई महाप्रबन्धक पंजाव नेशनल बैंक–सरकारी बिजनेस डेभिजनले एमओयूमा हस्ताक्षर गरेका हुन् । नेपाल र भारतमा बैंकिङ सेवाका लागि भारतीय गोरखा शैनिकहरुले एभरेष्ट बैंक र पंजाव नेशनल बैंकको जुनसुकै शाखाबाट जुडुवा खाता खोल्न खक्नेछन् । त्यस्तै उनीहरुले रक्षक प्लस खाताबाट निशुल्क रेमिटेन्स सुविधा, एभरेष्ट बैंक र पंजाव नेशनल बैंकको सह–ब्राण्डेड डेबिट खाता जस्ता सुविधाहरु प्राप्त गर्न सक्नेछन् । भारतीय गोरखा शैनिकका स्थायी नेपालीलाई रक्षक प्लस खाताबाट कर्जाको सुविधा समेत रहेको छ । कार्यक्रममा दुवै बैंकका वरिष्ठ पदाधिकारीको पनि उपस्थिति थियो ।

यस बैंकको सन्तुष्ट ग्राहकहरुको संख्या १० लाख भन्दा बढि रहेको छ जुन बैंकिङ्ग क्षेत्रमा नै सबैभन्दा उच्च हो । हालै भएको क्यामेलस् रेटिङमा एभरेष्ट बैंक दोस्रो स्थानमा पर्न सफल भएको छ । एभरेष्ट बैंकले हाल आफ्ना ८६ वटा शाखाहरु, ३ एक्सटेन्सन काउन्टर, २८ राजस्व संकलन काउन्टर र ११६ एटिएम तथा बृहत बाह्य सन्जाल मार्फत उत्कृष्ट सेवाहरु प्रदान गर्दै आइरहेको छ ।