सामाजिक सञ्जाल

सर्बोच्चका जनपक्षीय निर्णयपछि न्याय क्षेत्रमा जनविश्वास बढ्ने संकेत देखियोः योगेश भट्टराई

काठमाण्डौ । नेकपाका नेता योगेश भट्टराईले सर्बोच्च अदालतले न्यायालयको साख जोगाउन गरेको प्रयत्नको खुलेर प्रशंसा गरेका छन् । डा. गोबिन्द केसीको अनशनको बिषयमा चर्चामा आएका नेता भट्टराईले चोलेन्द्र शम्सेर जबराले ३३ किलो सुन तस्करीमा संलग्नलाई छाड्ने उच्च अदालतका पाँच जना न्यायधीशलाई कारबाही गरेपछि उक्त प्रशंसा गरेका हुन् ।
नागेन्द्र लाभ कर्ण, सारङ्गा सुवेदी, थीरबहादुर कार्की, उमेशकुमार सिंह र उमेशराज पौडेल जस्ता न्यायधीशलाई चोलेन्द्र शम्सेरले काबाही गरेका छन् भने ललितपुर जिल्ला अदालतका न्यायधीश विशवमोहन आत्रेयलाई काजमा तानिएको छ । चोधरी ग्रुपद्वारा संचालनमा आउन लागेको सिटि मोवाईल र अजयराज शुमार्गीको अरबौं रुपैंया प्रधानन्यायाधीशको निर्णयका कारण धरापमा परेपछि नेता भट्टराईको उक्त भनाई आएको छ ।

नेता भट्टराईले सामाजिक सञ्जाल ट्वीटरमा ट्टवीट गर्दै भनेका छन्, ‘न्याय क्षेत्रको नेत्रित्वका पछिल्ला निर्णयले न्यायलयप्रति गुम्दै गएको बिश्वसलाई फर्काउने आधार बनाएको देखिन्छ । बिगतमा बेन्च सपिङ मार्फत सार्वजनिक सम्पत्ती हड्पिएका , राजश्व छलीका बान्द फायल पनि खोलिएमा अझै राम्रो हुन्थ्यो की ?’