अन्तर्राष्ट्रिय

सुडानको मन्त्रीपरिषदद्वारा सार्वजनिक क्षेत्रको तलब बृद्धिको घोषणा

खार्टुम । सुडानको मन्त्रीपरिषद्ले सार्वजनिक क्षेत्रमा काम गर्ने मजदुर तथा कर्मचारीहरुको तलब बिहीबार बृद्धि गरिदिएको छ ।

सुडान वकर्स ट्रेड युनियन फेडेरेसनले झण्डै पाँच सयदेखि २५ सयसम्म सुडानी पाउन्डको दरले तलब बढाउन यसअघि नै सहमति जनाएको थियो । यही जनवरी ३ मा राष्ट्रपति ओमर अल बशिरले कर्मचारीहरुको तलब बृद्धि गर्ने प्रतिबद्धता गरेका थिए ।

दैनिकी धान्नका लागि यही जनवरी देखि नै तलब बृद्धि गर्नैपर्ने अवस्था रहेको उनले स्वीकार गरेका थिए। गत जनवरी १९ देखि सुडानका विभिन्न ठाउँमा सरकार विरुद्ध आन्दोलन भइरहेका बेला सरकारले तलब बृद्धि गर्ने निर्णय गरेको हो ।

पाउरोटीको मुल्य बढेपछि राजधानी खार्तुमसहित मुख्य सहरहरुमा लगातार भइरहेका आन्दोलनका क्रममा भएको झडपमा परी अहिले सम्म कम्तिमा २४ जनाको मृत्यु भएको छ । आन्दोलनका कारण हजारौ घाइते भएका छन् भने जनजीवन प्रभावित भएको छ ।