स्वास्थ्य

स्वास्थ्यस्थिति बिग्रिएपछि मध्यरातमा डा केसीलाई काठमाडौं ल्याइयो

इलाम । इलाममा नौं दिनदेखि अनशनरत् डा। गोविन्द केसीको स्वास्थ्य स्थिति गम्भीर भएपछि उनलाई उपचारको लागि बिशीबार मध्यरातमा काठमाडौँ ल्याईएको छ ।

डा.केसीको मुटुको समस्यासहित स्वास्थ्य अवस्था कमजोर भएपछि काठमाडौँ ल्याईएको हो । “डा केसीको शारीरिक स्थिति एकदमै कमजोर छ, त्यसैले हामीले चिकित्सकको टोलीसँग समन्वय गरेर काठमाडौं ल्याएका हौं’ डा.केसीका सहयोगी अविशेषराज सिंहले भने ।

डा.केसीलाई उनको स्वास्थ्यस्थिति कमजोर भएपछि जीवन रक्षाका लागि भएपनि काठमाडौं लान लागिएको इलामका प्रंमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिनाले जानकारी दिएका थिए । डा केसीलाई एम्बुलेन्स मार्फत भद्रपुर लगिएको र त्यहाँबाट काठमाडौं काठमाण्डौ ल्याईएको बताईएको छ ।