आर्थिक

आठौं वार्षिकोत्सवमा सिभिल बैंक, देशव्यापी कार्यक्रम सम्पन्न

काठमाण्डौ । सिभिल बैंकले आफ्नो वार्षिकोत्सवको अवसर पारेर महिना व्यापी रुपमा घोषणा गरे बमोजिमका सामाजिक उत्तरदायित्व कार्यक्रम सम्पन्न गरेको छ ।

बैंकले देशव्यापी कार्यक्रम अन्र्तगत वीरगंज, विराटनगर, पोखरा, भैरहवा, नेपालगंज, नारायणगढ, हेटौडा, मणीग्राम, बनेपा, इटहरी, बिराटचोक, धनगढि, घोराही, दमक शाखाहरmमा रक्तदान कार्यक्रमको आयोजना गरेको थियो र धादिङ्गबेशी, मेलम्ची, आरुघाट, सिन्धुली, फिदिम, विजुवार, गाईघाट, सल्यान, रुकुम, ओखलढुंगा, घोराही, मालिङ–क्व्होलासोंथर, भुलभुले, राइनास, बाहृबीसे, लेखनाथ,बेशीशहर,गौंडा, याङवरक, माईजोगमाई, जानकी, माण्डवी,सुनवर्सी, पकाहमैनपुर, आदर्श शाखाहरmबाट सरकारी विद्यालयमाअध्ययनरत जेहेन्दार तथाआर्थिक स्थिति कमजोर भएका विद्यार्थीहरुलाई जनही रु ५०००/– को छात्रवृत्ति प्रदान गरेको छ ।

पुनश्च बैंकले वार्षिकोत्सवकै दिनमा पशुपति क्षेत्रमा ३०० वटा बृक्षारोपण गरी उक्तविरुवालाई ५ वर्षसम्म मलजल र संरक्षण गरी हुर्काउने जिम्मेवारी पनिवहन गरेको थियो साथै कमलादीशाखा, काठमाण्डांैमा रक्तदान कार्यक्रमको आयोजना गरेको थियो ।

बैंक यसै समाजमा संचालित हुने हुँदा समाजलाई थोरै नै भएपनि सहयोग गर्न पाउँदाआफूलाई खुशीलागेको कुरा बैंकका निमित्त प्रमुख कार्यकारी अधिकृत सुजित कुमार शाक्यले बताए ।

चालु आर्थिक वर्षको प्रथम चौमासमा (एन.एफ.आर.यस.अनुसार) रु अठार करोड पचास लाख (जुनपहिलो वर्षको यसै अवधिको तुलनामा ६३.९९% को बृद्धी हो) कमाउन सफल यस बैंकको कुलशाखा संख्या ७१ रहेको छ ।