आर्थिक

इन्भेष्टमेण्ट बैंक र भिसा कार्ड संजालसँग आवद्ध रहेका बैंकका कार्ड लोयल्टी योजना

काठमाडौं । नयाँ वर्ष २०१९ को शुुभारम्भसंगै नेपाल इन्भेष्टमेण्ट बैंक तथा यस बैंकका भिसा कार्ड संजालसँग आवद्ध रहेका १४ वटा बैंकहरु र भिसाको संयुक्त सहकार्यको रुपमा भिसा कार्ड लोयल्टी प्रोग्राम २०१९ सनडे फनडे र वाह् ओईनस्डे गरी दुुई भिन्न प्रकारको योजना सार्बजनिक गरेका छन् ।

क्गलमबथ ँगलमबथ अन्तर्गत यी बैंकका भिसा डोमेस्टिक कार्ड वाहकहरुले हरेक आईतबार देशभरका पोसहरुमा सामान तथा सुविधा खरिद गर्दा भिसा डेविट, प्रिपेड वा क्रेडिट कार्डमार्फत भुक्तानी गरेर आफ्नो खातामा १५% वा अधिकतम रु ५०० सम्म नगद फिर्ता हुने योजना ल्याएका छन् ।

ध्यध् ध्भमलभकमबथ योजना अन्तर्गत यी बैंकका भिसा डोमेस्टिक कार्ड वाहकहरुले भाटभटेनी सुपरमार्केटका देशभरीका कुुनै पनि शाखाबाट हरेक बुुधबार सामान खरीद गरेवापत अधिकतम रु ७५० सम्म गिफ्ट भौचर प्राप्त गर्न सकिनेछ ।

यस योजनाबाट सेन्चुरी बंैक, गरिमा विकास बैंक, ग्लोबल आइएमई बैंक, कैलाश विकास बैंक, कुमारी बैंक, महालक्ष्मी विकास बैंक, मेगा बैंक नेपाल, मुक्तिनाथ विकास बैंक, नेपाल बैंक, एनसिसि बैंक, नेपाल इन्भेष्टमेण्ट बैंक, राष्ट्रिय वाणिज्य बैंक, सानिमा बैंक, सहयोगी विकास बैंक र युुनाईटेड फाईनान्सका भिसा डोमेस्टिक कार्ड प्रयोगकर्ताहरु लाभान्वित हुने छन् ।

यस किसिमको योजनाबाट नगदरहित कारोबारलाई प्रोत्साहन हुुने र सुुरक्षित डिजीटल कार्ड कारोवार तीर ग्राहकवर्गहरु आकर्षित हुुनेमा बैंकहरु विश्वस्त छन् ।

यो योजना जनावरी देखि अप्रिल २०१९ सम्म लागू हुुने जनाईएको छ ।