गण्डकी प्रदेश

रकेट चुलोयुक्त गाउँ घोषणा

बलेवा । बागलुङको काँठेखोला गाउँपालिका–२ भीमापोखरा गाउँ जिल्लामै पहिलोपटक रकेट चुलोयुक्त गाउँ भएको छ । वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र ललितपुर र ऊर्जा केन्द्र नेपाल प्रालि बालाजुको सहयोगमा वडा कार्यालयले भीमापोखराका सबै घरधुरीलाई वातावरणीय ऊर्जा सञ्चित रकेट चुलो प्रदान गरेपछि भीमापोखरा रकेट चुलोयुक्त गाउँ घोषणा भएको हो ।

करीब रु ५८ लाखको लागतमा तयार गरिएका रकेट चुलो सबै घरधुरीलाई एक÷एक वटा प्रदान गरिएको छ । चुलोले ऊर्जा खपत गर्नुका साथै वातावरणमैत्री धुवाँरहित समाज निर्माण गर्न सहयोग पु¥याउने ऊर्जा केन्द्र नेपाल प्रालिका बजार प्रबन्धक सूर्य गौतमले बताए ।

कूल लागतको ५० प्रतिशत रकम वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको सहयोग रहेको र बाँकी रकम कम्पनीले सहयोग गरेको वडाध्यक्ष विद्यापति शर्माले बताए । भीमापोखरामा रहेका ९९१ परिवारलाई चुलो वितरण गरिएको छ । चुलो पाएपछि स्थानीय हर्षित भएका छन् । दाउराको कम खपतमै धेरै काम हुने र धुवाँसमेत कम हुने भएकाले चुलो पाउँदा खुशी लागेको स्थानीय प्रेम केसीले बताए।