आर्थिक

सिटी एक्सप्रेस मनी ट्रान्सफर र मलेसियाको “भ्यालू”बिच रेमिटान्स सम्झौता साथै सेवा

काठमाण्डौ । मलेसियाको ख्यातिप्राप्त रेमिटान्स कम्पनीभ्यालू र सिटी एक्सप्रेस मनी ट्रान्सफर बिच रेमिटान्स सेवा सुरु भएको छ । भ्यालूको मलेसिया भरी २००० एजेन्ट् लोकेशन्हरु छन् साथै आफ्नै मोबाईल एप् र ईन्टरनेट बैंकिङ्को पनि सेवा उपलब्ध छ । यो सेवा सुरु भएपछि मलेसियाबाट नेपालमा सिटी एक्सप्रेस मनी ट्रान्सफरको ६००० भन्दा बढि एजेन्टहरु मार्फत सिधैं भुक्तानी लिन सकिने या कुनै पनि बंैकको खातामा रकमजम्मा गर्न सकिने छ ।

हस्ताक्षर समारोहमा सिटी एक्सप्रेसको तर्फबाट सिटी एक्सप्रेस मनी ट्रान्सफरका प्रबन्ध निर्देशक चन्द्र टण्डन र भ्यालूको तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रसन्न रावोले हस्ताक्षर गरेका थिए । भ्यालुले सिटी एक्सप्रेससंग सिधा रेमिटान्स सम्झौता भएकोमा खुशी ब्यक्क्तग र्दै आगामी दिनहरुमा सिटी एक्सप्रेससंग नयाँप्रविधिअनुसार सहकार्य गर्दै जाने जानकारी दिएका छन् । सिटी एक्सप्रेसले रेमिटान्स क्षेत्रमाआफ्नो छुट्टै पहिचानबनाउदै बिगत १२ वर्ष देखि बिश्व भरी आफ्नो रेमिट एजेन्ट्हरु बाट ६०००भन्दा बढी नेपालको एजेन्ट्हरु मार्फत भुक्तानीप्रदानगर्दै आइरहेको छ ।