राजनीति

डा महतको दाबीः नेकपा अध्यक्ष ओली सरकारमा संस्थागत रुपमै भ्रष्टाचार गर्यो

इलाम । नेपाली काङ्ग्रेसका सहमहामन्त्री डा प्रकाशशरण महतले धर्मको बारेमा पार्टीमा कुनै किसिमको प्रस्ताव नआएको र छलफलसमेत नभएको बताएका छन् ।

इलाम सदरमुकाममा पत्रकारसँग आज कुरा गर्दै डा महतले हिन्दू धर्मको बारेमा पार्टीमा कुरा नउठेको स्पष्ट गरे । डा महतले गुट बन्दी पार्टीका लागि घातक भएको भन्दै अब व्यक्तिगत स्वार्थका लागि गुटबन्दी गर्न नहुने बताए । डा महतले नेकपा अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले संस्थागत रुपमा भ्रष्टाचार गरेको आरोप लगाए ।