आर्थिक

सानिमा बैंकको आँखा शिविर सम्पन्न

काठमाण्डौ । संस्थागत सामाजिक उत्तरदायीत्व अन्तरगत सानिमा बैंकको पोखरास्थीत न्युरोड र बगर शाखाले गतेशनिबार पोखरा मा.न.पा. वडा नं. २०, भलाम स्थित महेन्द्र माद्यमिक विद्यालयमा हिमालय आँखा अस्पतालको प्राविधक सहयोगमा निशुल्क आँखा शिविर सम्पन्न गरेको छ । उक्त शिविरको उद्घाटन पोखरा मा.न.पा.वडा नं. २०, कास्कीका वडा अध्यक्ष सिमबहादुर गुरुङ्गले गरे । पोखरा क्षेत्रकालागि बैकका क्षेत्रिय प्रबन्धक भाबुक तण्डुकारले उद्घाटन सामारोहमा शुभकामाना मन्तब्य व्यक्तगर्दै बैंकले आगामीदिनहरुमा पनि स्थानियलाई सहयोग गर्ने जानकारी दिए ।
शिविरमा भलाम र मौजाका ३०० स्थानीयवासीको आँखापरीक्षण गरिनुका साथै सहभागी २०० जना बिरामीलाई निःशुल्क औषधी र चश्मा वितरण गरेको बैंकको दाबी छ । बैंकका अनुसार ७ जना मोतिया बिन्दुका बिरामीलाई थप उपचारकालागि हिमालय आँखा हस्पीटलमा सिफारिस गरको बताईएको छ ।
सानिमा बंैकको हाल ७४ वटा शाखा, १ एक्सटेन्सन काउन्टर तथा ६९ वटा ए.टि.एम रहेको छ ।