बाग्मती

वरिष्ठ कलाकार र पत्रकारलाई सम्मान गरिने

काभ्रेपलाञ्चोक । राष्ट्रियस्तरका वरिष्ठ कलाकार र पत्रकारलाई नाट्येश्वर म्युजिक अवार्ड–२०७५ ले बनेपामा सम्मान गरिने भएको छ ।

आउँदो माघ १२ गते नुवाकोटको नाट्येश्वर कला केन्द्र तथा इभेन्ट म्यानेजमेन्ट प्रा।लि।ले तामाङ सेलो, म्हेन्दोमाया, लोकदोहोरी, आधुनिक र पपलगायत ४४ विधामा कलाकार तथा पत्रकारलाई सम्मान गर्न लागिएको अवार्डका कार्यक्रम निर्देशक किरण अधिकारीले जानकारी दिए । उनका अनुसार अवार्डको उत्कृष्ट पाँच मनोनयन सार्वजनिक भइसकेका छन् ।

कार्यक्रममा वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य(मह–जोडी)नाट्येश्वर दीर्घ–कलाकारिताबाट सम्मानित गरिनेछन् । नाट्येश्वर दशक–सम्मान वसुन्धरा भुसाल, नाट्येश्वर रत्न–सम्मान रामचन्द्र कोइराला, उत्तम केसी, भुवन चन्द, चैत्यदेवी सिंह, जीवान पराजुली र गायिका रमिला न्यौपानेलाई प्रदान गरिने आयोजकले जनाएको छ ।

आयोजकका अनुसार नाट्येश्वर विशेष सम्मान सरु थापा, नाटे्यश्वर उत्कृष्ट संस्था–सम्मान हारती इङलस स्कूल, नाट्येश्वर प्रतिभा–सम्मान रोमा न्यौपाने, नाट्येश्वर विशेष–सम्मान हरि कर्माचार्य, नाट्येश्वर समाजसेवा–सम्मान भोला थापा, नाट्येश्वर कला–सम्मान डिबी लामा र काँठ क्षेत्रका चर्चित लोकदोहोरी गायक शिवनारायण जोशी लाइफ टाइम एचिभमेन्ट अवार्डबाट सम्मानित हुने छन् ।

नाट्येश्वर मोफसल कला पत्रकारिता–सम्मान ‘उत्तरगया’ दैनिक र ‘नुवाकोट’ जागरण साप्ताहिकका प्रकाशक÷सम्पादक शिव देवकोटा, नाट्येश्वर कला पत्रकारिता पुरुषोत्तम बस्नेत, बलराम श्रेष्ठ, सूर्य चन्द, स्वस्तिका चिलवाल, प्रकाश तिमल्सिना तथा काभ्रेपलाञ्चोक जिल्लामा कार्यरत दुईजना पत्रकारसमेत सम्मानित हुने आयोजकले जनाएको छ ।