समाचार

तारकेश्वर नगरपालिकाका जनप्रतिनिधिले घरदैलो कार्यक्रम सञ्चालन गर्ने

काठमाडौँ । तारकेश्वर नगरपालिकाका जनप्रतिनिधिले घरदैलो कार्यक्रम सञ्चालन गर्ने भएका छन् ।

जनताका गुनासा तथा समस्यालाई उजागर गर्न जनप्रतिनिधि आफैँ जनताको घरदैलोमा पुग्ने भएका हुन् । तारकेश्वर– ९ का वडाध्यक्ष बलराम सिटौलाका अनुसार नागरिकका समस्या सजिलै सम्बोधन गर्न सक्ने उद्देश्यले सो कार्यक्रम सञ्चालन गर्ने निर्णय गरिएको हो ।

कार्यक्रम आगामी माघदेखि सञ्चालन गरिने बताइएको छ । हरेक महीनाको अन्तिम शनिबार नगरप्रमुख, उपप्रमुख र वडा अध्यक्षसहितको टोली जनताको घरदैलोमा पुग्ने भएका छन् । यसरी जनप्रतिनिधि जनताको घरदलौसम्म पुग्ने भएपछि जनताले आफ्ना समस्या सजिलै जनप्रतिनिधि समक्ष व्यक्त गर्नेछन् ।