आर्थिक

एनआईसी बैकको सानिमा लाईफसँग बैंकास्योरेन्स सम्झौता

काठमाडौँ । एनआई सी एशिया बैंकले सानिमालाईफ इन्स्योरेन्स कम्पनीसँग बैंकास्योरेन्स सम्झौता गरेको छ । यस सम्झौताअनुसार अब यस बैंकका ग्राहकहरुले मुलुकभर २७० वटै शाखाहरुबाट सहज रुपमा सानिमालाईफ इन्स्योरेन्स कम्पनीको जिवन बिमा पोलिसीहरु खरिद गर्न सक्ने छन् । उक्त सम्झौतापत्रमा बैकको तर्फबाट बैकका प्रमुख कार्यकारी अधिकृत राशन कुमार न्यौपाने र इन्स्योरेन्स कम्पनीको तर्फबाट महाप्रबन्धक शिवराम तिमिल्सिनाले हस्ताक्ष गरे ।

बैंकलाई आमजनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंकप्रतिको भरोसाले गर्दा मुलुकभर २७० शाखाकार्यालयहरु, २८८ एटिएम, ३७ वटा एक्सटेन्सन काउण्टर एवं २० शाखा रहित बैंकिङ्ग सेवाप्रदान गर्ने मुलुककै सबैभन्दा ठुलो शाखा सञ्जाल भएको बैंक हुन् सफल भएको छ । बैकको वासलातको आकार रु २१२ अर्ब भन्दा बढि पगेको छ भने कुलनिक्षेप करिब रु. १६८ अर्ब सहित निजी क्षेत्रका बैंकहरु मध्ये नेपालको सबैभन्दा ठूलो बैंकको रुपमा बैंकले आफ्नो पहिचानबनाउन सफल भइसकेको छ ।

हालसम्म यस बैंकमा ग्राहकको संख्या करिब १४लाखरहेको छ । साथै संस्थागत सुशासन, जोखिमव्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई यस बैंकले पालनागर्दै आएको छ । बैंकले हरेक सम्भावित बजार क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले अन्यविभिन्न स्थानहरुमा चाँडै नै थपशाखा संचालनगर्ने योजना अगाडि सारेको छ ।