राजनीति

ल्होसारले धर्म, संस्कृतिको संरक्षणमा लाग्न प्रेरित गरेको छ : सभापति देउवा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले तमु जातिको नयाँ वर्षको रुपमा मनाइने ल्होसारले आफ्ना धर्म, संस्कृति, रीति रिवाज र परम्पराको संरक्षणमा लाग्न सबैलाई प्रेरित गरेका बताएका छन् ।

तमु (गुरुङ) जातिकोे महान पर्व “तमु ल्होसार” को अवसरमा एक शुभकामना सन्देश दिदैँ सभापति देउवाले तमु पर्वले नेपाली समाजमा सद्भावना बढाउदै गएको बताए । देउवाले यस्ता पर्वले मुलुकमा शान्ति, सद्भाव र समृद्धि ल्याउन सबैलाई प्रेरणा दिने आफुले विश्वा िलिएको बताए ।

सभापति देउवाले स्वदेश तथा विदेशमा रहेका तमु समुदायका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाईहरुमा नेपाली कांग्रेस र आफ्नो व्यक्तिगत तर्फबाट सुस्वास्थ्य, दीर्घायु र उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त समेत गरेका छन् ।

शुभकामना सन्देमा उनले तमु ल्होसारले सबैको घरपरिवारमा सुख, शान्ति र समृद्धिको वातावरण सिर्जना गर्दै सामाजिक सद्भाव अभिबृद्धि गर्न सबैलाई प्रेरित गर्न सकोस् भन्ने कामना दिएका छन् ।