पु.समाचार

प्रस्तावित प्रधानन्यायधिश जबराको संसदीय सुनुवाई आज, समतिले गर्ला त अनुमोदन ?

काठमाडौँ । प्रस्तावित प्रधानन्यायधिश चोलेन्द्र शम्शेर जबराको संसदीय सुनुवाई आज हुने भएको छ ।

संसदीय सुनुवाई समितिको बैठक आज दिउसो २ बजेको लागी बलाइएको छ । समितिले शुक्रवार जबराविरुद्ध उजुरी दिने उजुरीकर्तासंग छलफल गरेको थियो । संवैधानिक परिषद्ले सर्वोच्च अदालतमा तीन वर्षे सेवा अवधि पुगेका वरिष्ठतम न्यायधिशका रुपमा सर्वोच्च अदालतको प्रधानन्यायधिशमा जबराको प्रस्ताव गरि संसदीय सुनुवाई समितिमा पठाएको थियो ।

समतिको बैठकले जबराको सुनुवाई सकिएपछि आजै स्वीकृत वा अस्वीकृतको निर्णय गर्न सक्ने छ । समितिको दुई तिहाइ बहुमतबाट स्वीकृत भएमा जबराको नियुक्तिको बाटो खुल्नेछ।

समितिमा जबराविरुद्ध ९ उजुरी परेका छन्। उनीमाथि पर्साको एक सार्वजनिक पोखरी समेत रहेको जग्गा व्यक्तिको नाममा दर्ता गर्नेगरि फैसला गरेको विषयमा सबैभन्दा बढी उजुरी परेका छन्।

यस्तै, पूर्वराजा ज्ञानेन्द्रकी छोरी प्रेरणाको दाइजो विवादमा नेपाल ट्रष्टको नाममा रहेको जग्गा दाइजो कायम गरेको विषयमा पनि उजुरी परेका छन्।जबराविरुद्ध तत्कालीन प्रधानन्यायाधीश गोपाल पराजुलीको उमेर विवाद निकालेर बेञ्च बहिष्कार गरेको पनि आरोप लगाइएको छ।

यस्तै, कान्तिपुर पव्लिकेशनविरुद्ध विचाराधीन अपहेलना मुद्दामा बेञ्च अवरुद्ध पारेको आरोप पनि उजुरीमा लगाइएको छ। अन्य उजुरीहरु आर्थिक अनियमितता लगायतका रहेको छन्।

प्रधानन्यायधिश ओमप्रकाश मिश्रको ६५ वर्षे उमेर हदका कारण यहि पुष १७ गते अवकाश पाउदैछन् । संसदीय सुनुवाई समितिमा नेकपाका ९, कांग्रेसका ४, फोरम र राजपाका १/१ जना सदस्य रहेका छन्।