सामाजिक सञ्जाल

डा. भट्टाईको प्रश्नः श्रृंखलाको ब्रह्माण्डै थर्काउने गरी चर्चा, विश्व विजेता महर्जनको चाइँचुइँ सुनिएन नि?

काठमाण्डौ । नयाँशक्ती पार्टीका संयोजक एबम् पुर्वप्रधानमन्त्री डा. बाबुराम भट्टाईले विश्वच्याम्पीयन विजेता महेस्वर महर्जन विश्वबाट पदक ल्याएर नेपालको ईजजत राखेकोमा बधाई दिदै उनको चर्चा नभएकोमा मिडियाकर्मी र सामाजिक संजाल चलाउने सर्बसाधधारणसंग असन्तुष्टी पोखेका छन् । डा. भट्टराईले सामाजिक सञ्जाल ट्टीटरमा ट्टीट गर्दै श्रृंखला खतिवडा मिस नेपाल बन्नुभन्दा अगाडि नै सबै अखबारका भित्तामा उनको फोटो राख्ने मिडियाहरु अहिले महेश्वरले विश्वको पदक जितेर आँउदासम्म कुनै चाईचुई नभएको तर्क गरेका छन् । उनले सौन्दर्यमा लैंगिक बिभेद भएको आरोप लगाउदै महिलाहरुको मात्र सौन्दर्यको क्षत्रमा प्रचार हुने गरेको टिप्पणी गरेका छन् ।

उनको ट्वीट ‘सम्भावित मिस वर्ल्डको त ब्रह्माण्डै थर्काउने गरी चर्चा भयो ! तर स्वर्ण पदक जितेर Mr World नै बनेका महेश्वर महर्जनको चाहिं कुनै चाइँचुइँ सुनिएन ! सौन्दर्यवारे किन यस्तो लैंगिक विभेद  ! Beauty lies in the eyes of the beholder भनेको यही हो कि ! Mr World महेश्वर महर्जनलाई वधाइ तथा शुभकामना !’