सामाजिक सञ्जाल

श्रीष्टीको ‘जिन्दागी, पुल र धर्म’

                शाहित्य                                                        जिन्दगीको गीत                                                                                                                                              

सुन्न खोज्यो हृदयले जिन्दगीको गीत
आजसम्म मरेन है यो मनको धीत !

किन होला भट्किन्छ मन अडिन्न यो कतै
को हो को हो चिन्न मुस्किल मेरा मनमीत !

यता पनि हो कि हो की उता पनि हो की
किन यस्तो भ्रम भयो जिन्दगीको रीत !

सुख मेरो जिन्दगीमा नआएको होईन
दुस्ख हुन्छ जिन्दगीमा किन शब्दातीत !

पुल बन्न बाँकी नै छ
कति सहे पिडाहरु मैले गन्न बाकी नैछ
तिमीभने हिडीहालेउ अझै भन्न बाकी नैछ !

तीमी सँग पुग्न मैले नखोजेको कहाँ हो र ?
हिड्ने बाटो भत्केकाले, अझै बन्न बाकी नैछ !

हेरा हेर मात्रै भयो दुई किनारमा उभिरहदा
हामी लाई जोड्नलाई, पुल बन्न बाकी नै छ !

धर्म के हो ?

धर्म के हो ? के हो धर्म ! जान्ने भए सुन
सत्य भन्छु, मेरो कुरा मान्ने भए सुन !

नरुवाऊ माटोलाई अनि आमालाई
जिम्मेवारी जिन्दगीको धान्ने भए सुन !

कर्तव्यमा इमानमा सिक रमाउन
बनी अर्जुन निशानामा हान्ने भए सुन !

मानवता, करुणा र सद्भाव हो धर्म
यही बाटो सँधैलाई छान्ने भए सुन !