खेलकुद

इंलिस प्रिमियर लिग : लिभरपुलको विजय यात्रा जारी, आर्सनल ५–१ गोल अन्तरले पराजित

काठमाण्डौ । इंलिस प्रिमियर लिगमा र्शीष स्थानमा रहेको लिभरपुलले आफ्नो वियज यात्रालाई जारी नै राखेको छ ।

शनिवार राति भएको खेलमा लिभरपुलले लण्डन क्लब आर्सनललाई ५–१ गोल अन्तरले पराजित गरेको छ ।
घरेलु मैदानमा भएको खेलमा लिभरपुलले आर्सनललाई नमिठो हार चखाएर घर पठाउँदै अंक तालिकामा स्पष्ट तीन अंक जोड सफल भयो ।

रोवर्टो फर्मिनोको ह्याट्रिकसंगै लिभरपुलले दोस्रो स्थानमा रहेको टोटेनह्यामसंगको अंकदूरी ९ पुर्याएको छ । पहिलो हाफको ११ औं मिनेटमा आर्सनलका मैट्ल्याण्ड निल्सले सुरुवाति गोल गरेपनि आर्सनलले अग्रता जोगाउन सकेन ।

लिभरपुलका लागि थप २ गोल साडियो माने र मोहम्मद सलाहले गरेका थिए । जित संगै लिभरपुल उपाधिकोलागि बलियो बन्दै गएको छ ।

२० खेलबाट ५४ अंक सहित लिभरपुल शीर्ष स्थानमा कायम रहँदा टोटेनह्याम ४५ अंक सहित दोस्रो र एक खेल कम खेलेको साविकको विजेता म्यान्चेष्टर सिटी ४४ अंक सहित तेस्रो स्थानमा रहेको छ । हार संगै आर्सनल २० खेलबाट ३८ अंकसहित ५ औं स्थानमा रहेको छ ।