राजनीति

नेकपाका प्रदेश सदस्य गाउँमा

सिञ्जा । जुम्लाका सबै ठाउँमा नेपाल कम्युनिस्ट पार्टी नेकपा कर्णाली प्रदेश कमिटीका सदस्य पुगेका छन् । स्थानीय तहदेखि जिल्लामा हुने पार्टी कमिटी र कार्यकर्ता तथा जनतासँगको सम्बन्ध नजिक बनाउन प्रदेश कमिटी पुगेका सदस्य पुगेका हुन् । जिल्लाबाट प्रदेश सदस्यमा रहेका ११ जना गाउँगाउँमा पुगेर पार्टी र सरकारले गरेका कामको जानकारी गराउनमा व्यस्त छन् ।

प्रदेश सदस्य सिञ्जा क्षेत्रको जिम्मेवारी सम्हाल्नुभएका पूर्णप्रसाद धितालका अनुसार हाल सरकारले जनप्रेमी काम र जनताको अधिकारका लागि कानून ल्याएकाले सरकारप्रति कोही पनि सङ्कुचित नहुन आग्रह गरे । उनले पाँच वर्षभित्र नेकपाले चुनावी घोषणपत्रअनुसार काम गर्नेमा ढुक्क हुन आग्रह गरे ।

अर्का नेता प्रदेश सदस्य टेकराज पछाईले प्रतिपक्षले जे भन्यो त्यो सही नभएको उल्लेख गर्दै जनतालाई कसैको हल्लामा नपर्न अनुरोध गरे । उनले प्रधानमन्त्री केपी शर्मा ओली र पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देश र जनताका लागि सकारात्मक काम गरिरहनुभएको जानकारी गराए । उनी दुई सदस्य सहित अरु नेता आफ्नो कार्यक्षेत्रमा जनतासँग प्रत्यक्ष भेटघाटमा जुट्नु भएको छ ।