पत्रपत्रिका

गगन थापा बोल्दाबोल्दै काटियो माइक

 काठमाडौँ । सभामुख कृष्णबहादुर महराले संसदको हिउँदे अधिवेशनको दोस्रो दिन शुक्रबार शून्य र विशेष समय दुबै समय चलाए ।

सांसद हृदयश त्रिपाठीबाट सुरु भएको विशेष समयमा बोल्ने पालो प्रतिपक्षी दल नेपाली काँग्रेसका गगन थापाको आयो । सभामुखले उनलाई चार मिनेटको समय निर्धारण गरे ।

थापाले कर्मचारी समायोजन अध्यादेशको विरोध गरिरहेका थिए । बोल्न सुरु गरेको २ मिनेट ३२ सेकेण्डमै माइकको लाइन काटियो । प्रतिनिधिसभाको शुक्रबारको बैठक सुरु भएको २४ मिनेट २० सेकेण्डमा थापाले बोल्न थालेका थिए ।

सभामुख महराले २६ मिनेट ५२ सेकेण्डमा लाइन काटिदिए । उनीपछि नेकपाका नरबहादुर धामीको बोल्ने पालो आयो । महराले धामीलाई तीन मिनेटको समय दिए ।

धामीले बोलिरहँदा थापा आफ्नो सिटबाट जुरुक्क उठेर काँग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँड र सचेतक पुष्पा भुसालको सिटमा पुगे । आफूले पूरा समय बोल्न नपाएको उनीहरुलाई जानकारी गराए ।

त्यसपछि खाँडले बोल्न समय मागे र उनले माइक काटिएको विषयको विरोध गरे । तर महराले त्यसको बचाउ गरे । कान्तिपुर दैनिकमा विस्तृतमा खबर छापिएको छ ।