राजनीति

संसदमा अध्यक्ष दहाललाई गगनको व्यंग्य-‘नाच्न नजान्ने आँगन टेढो !’

काठमाडौँ । नेपाली कांग्रेसका यूवा नेता एवम सांसद गगन थापा नेकपा अध्यक्ष प्रचण्डमाथि खनिएका छन् ।

सरकारले लोकतान्त्रिक पद्धतिको गलत व्याख्या गर्ने काम गरेको आरोप समेत लगाए । संघीय संसदको हिउँदे अधिवेशन सुरु भएकै दिन नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ‘लोकतान्त्रिक प्रणाली छिटो छिटोे विकास हुने प्रणाली होइन’ भनि दिएको अभिव्यक्तिलाई दुई दिनपछि शुक्रवारको संसद बैठकमा थापाले ‘नाच्न नजान्ने आँगन डेढो’ को संज्ञा समेत दिएका छन् ।

सांसद थापाले महिला विरुद्धको हत्या, हिंसा, आतंकका घटना दिनहुँ बढ्दै जाँदा पनि सरकार गम्भीर नभएको आरोप लगाए । उनले कर्मचारी समायोजन अध्यादेश तत्काल फिर्ता लिन पनि सरकारसँग आग्रह गरे । कर्मचारीहरु आन्दोलनमा रहेको बताउँदै थापाले देउवा सरकारले बनाएको कर्मचारी समायोजन ऐन कार्यान्वयन भएको भए कर्मचारी आन्दोलित नहुने दावि गरे ।

मन्त्रीको सुझबुझ नभएको अवस्थामा सेवा निवृत्त हुन लागेका एक जना सचिव र केही बरिष्ठ कर्मचारीको स्वार्थमा घुम्दैगर्दा संसद छलेर अध्यादेश ल्याउने काम भएको सांसद थापाको आरोप छ ।

सांसद थापाले चिन्ता कर्मचारीको नभइ जनताको सेवाको भएको बताउदै भने, ‘यहाँ विभेद र स्वेच्छाचारिता दुई वटा विषय छ। एउटै खालको कर्मचारी एकै पटक सेवा प्रवेश गर्दैगर्दा एउटा मुख्य सचिवसम्म जान पाउने अर्को कर्मचारी तलै रोकिनु पर्ने?’ भन्दै प्रश्न गरे ।

उनले कर्मचारी जहाँ खटाए पनि जानुपर्ने बताउदै अघि भने, ‘हामी प्रदेश र स्थानीय नयाँ सरकारको कुरा गर्दैछौं। खोइ प्रदेशको आयोग? खोइ प्रदेशको ऐन ? खोइ स्थानीय सरकारको ऐन ?’ भन्दै  सरकारलाइ प्रश्न समेत गरे ।