प्रदेश 1

चक्रघट्टीको बनभोज आज, ५०० भन्दा बढी सहभागी हुने निश्चित

काठमाण्डौ । आज सुनसरीको चक्रघट्टी घर भई काठमाण्डौ बस्ने सम्पूर्ण दाजुभाई तथा दिदीबहिनीहरुको बनभोज तथा भेटघाट कार्यक्रम रहेको बताईएको छ । चक्रघट्टी जागरण समाजको आजोजनामा आज पौष १४ गते शनिबारका चक्रघट्टि काठमाडौं जागरण समाजको समन्वय र आयोजनामा आर्मी स्कुल, सल्लाघारी भक्तपुर नजिकै रहेको गणेश मन्दिर प्राङ्गणमा चक्रघट्टी सुनसरीवासीको भव्य बनभोज कार्यक्रम हुने भएकोले समस्त चक्रघट्टी निवासी महानुभावहरुले समयमै आफ्नो सिट बुकिङ गर्नु हुनाको साथै बनभोज कार्यक्रममा सपरिवार उपस्थित भइ परिवारलाई समाजमा घुलमिल गराउने स्वर्णिम अवसरको सदुपयोग गर्नुका साथै कार्यक्रम भव्यरुपमा सफल बनाउन समाजले हार्दिक अपिल गर्दछ ।

केही महिना अगाडि सम्पन्न केही उक्त क्षेत्रबाट काठमाण्डौ आउनुभएका अग्रज ब्यक्तीहरुको सल्लाहमा अनौपचारिक रुपमा गठन गरिएको उक्त समाजले २०६३ सालमा थालकोटको त्रिभूवन पार्कमा गरिएको बनभोजपछि शनिबारको दिन पारेर पुनः भेटघाटको मौका दिलाएको बनभोज आयोजक समितिका सदस्य पारस बिष्टले बताए । गाडीको आवश्यक्ता नपर्ने अनुमानले यसपटक आफ्नै तरिकाले उपस्थिति हुन समाजका अर्का सदस्य सोम दहालको आग्रह छ ।

प्रतिब्यक्ती बिद्यार्थीका लागि बनभोज शुल्क रु ७ सय, अन्यका लागि रु १००० र एकै परिवारका कम्तीमा ३ जना भए ३ जनाको रु २००० तिर्नुपर्ने ब्यबस्था समेत गरेको छ । आयोजक समितिका सदस्य बिष्टका अनुसार ३०० जना भन्दा बढी ब्यक्तीहरुको कुपन काटिसक्नुभएकोछ, उक्त बनभोजमा ५०० जना नाघ्ने अनुमान उनको छ । गैरराजनीतिक हिशावले आयोजना गरिए भएकोले पनि सहभागीको संल्या बढ्ने अनुमान टिकट काट्टुभएकाहरुले लगाएका छन् ।