राजनीति

एकअर्काबीच सहकार्यका साथ पार्टी बलियो बनाउन लाग्नुस्ः डा कोइराला

भीमदत्तनगर । नेपाली काङ्ग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले एकताबद्ध भएर लाग्न पार्टी नेता तथा कार्यकर्तालाई आग्रह गरेका छन् ।

कञ्चनपुरको बेलौरीमा आज नेपाली काङ्ग्रेस कञ्चनपुर क्षेत्र नं १ को क्षेत्रीय सम्मेलन उद्घाटन गर्दै महामन्त्री कोइरालाले पार्टीलाई एकताबद्ध बनाउन वडास्तरसम्मका कार्यकर्ता लाग्नुपर्नेमा जोड दिए । पार्टीभित्र एकता नभएकै कारण काङ्ग्रेसले निर्वाचनमा हार व्यहोरेकाले पार्टीभित्र मित्रता र सहकार्य भए आगामी निर्वाचनमा काङ्ग्रेस पहिलो पार्टी हुने दाबी गरे ।

वर्तमान सरकारले केही काम गर्न नसकेको भन्दै उनले निर्मला पन्त हत्या प्रकरणमा सरकारको प्रत्यक्ष वा अप्रत्यक्ष संलग्नता रहेको आरोप लगाए । कार्यक्रममा नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्यद्वय दिलेन्द्रप्रसाद बडू र नारायणप्रकाश साउँद तथा अन्य नेताले आ–आफ्नो धारणा राखेका थिए ।