पर्यटन/संस्कृति

भोजपुरमा हिमपात, होटल व्यवसायी खुशी

भोजपुर । भोजपुर जिल्लाको उच्च पहाडी क्षेत्रमा हिमपात भएको छ । जिल्लाको टेम्केमैयुङ गाउँपालिकाको टेम्केमैयुङ डाँडा, टेम्केडाँडा, सुन्तले डाँडा लगायतका ठाउँमा हिमपात भएको हो ।

हिमपातका कारण त्यहाँको जनजीवन प्रभावित भएको छ । पर्यटकीय क्षेत्रमा हिमपात भएपछि होटल व्यवसायी भने खुशी भएका छन् । हिमपात भएसँगै आन्तरिक पर्यटन बढेको टेम्केमैयुङ गाउँपालिकाका अध्यक्ष ध्रुवराज राईले बताए । हिमपातसँगै जाडो बढेपछि स्थानीयवासीको जनजीवन प्र्रभावित बनेको छ ।