आर्थिक

ग्लोबल आइएमई बैंकले शुरु गर्यो थप तीन शाखारहित बैंकिङ्ग सेवा

काठमाण्डौ । ग्लोबल आइएमई बैंकले थप ३ वटा शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ । बैंकले मंगलबार देखि नवलपरासी बर्दघाट–सुस्ता पूर्व जिल्लाको मध्यविन्दु नगरपालिका – १५, हर्बस्टारमा ११३ औँ रे बुधबारदेखि सोहीे जिल्लाकै कावासोती नगरपालिका – १७, गोछडामा ११४ औँ र २०७५ पौष १२ गते बिहीबार देखि पाल्पा जिल्ला रम्भा गाउँपालिका – १,  हुँगीमा ११५ औँशा खारहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको हो ।

यि तीनै शाखारहित बैंकिङ्ग सेवाहरुको उद्घाटन स्थानीय जनप्रतिनिधि, बुद्घिजीवि तथा स्थानीयवासीहरुको रोहवरमा भएको छ । हर्बस्टार र गोछडामा खोलिएको शाखारहित बैंकिङ्ग सेवाबैंकको कावासोती शाखा र हुँगीमा खोलिएको शाखारहित बैंकिङ्ग सेवा बैंकको तानसेन शाखाको मातहतमा रहने छन् ।
शाखारहित बैंकिङ्ग सेवाबाट देशकाविभिन्न ग्रामीण क्षेत्रका स्थानिय बासिन्दाले स्थानिय प्रतिनिधि मार्फत बैंकिङ्ग सेवालिन सक्नेछन । यसबाट निक्षेप खाताखोल्ने, तोकिएको सीमा सम्मको रकम जम्मागर्ने तथा झिक्ने, आफ्नो खातामा रहेको मौज्दातको जानकारी लिने, कर्जाको व्याज भुक्तानी गर्ने,DISH HOME/CDMA/UTL को महसुल भुक्तानी गर्ने, मोबाइल रिर्चाज गर्ने लगायतका सेवा लिन सक्नेछन् ।

कृषि, रेमिट्यान्स तथापर्यटन मुख्य आयस्रोत रहेको यि क्षेत्रका बासिन्दा बैंकिङ्ग सेवा उपभोग गर्नकालागि टाढा–टाढासम्म पुग्नुपर्ने बाध्यतालाई मध्यनजर गरी ग्लोबल आइएमई बैंकले ति स्थानहरुमा शाखारहित बैंकिङ्ग सेवा सुरु गरेको हो ।

ग्लोबल आइएमई बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पु¥याउने उद्देश्यले १३३ शाखा, १४१ एटिएम, ७ एक्सटेन्सन काउण्टर, १४ वटा राजश्व संकलन काउण्टर र ११५ शाखा रहित बैंकिङ्ग सेवा, विदेशमा ३ प्रतिनिधि/सम्पर्क कार्यालय माफर्तआफ्ना ९ लाख ५० हजार भन्दा बढि ग्राहकहरुमाझ सेवा प्रदानगर्दै आइरहेकोछ । त्यस्तै बैंकले अत्याधुनिक प्रविधियुुक्त भाईवर बैंकिङ्ग सेवा, मोबाइल बैंकिंङ्गसेवा, इन्टरनेट बैंकिंङ्ग सेवाको साथमा अष्टे«लिया, बेलायत र भारतमा प्रतिनिधि/सम्पर्क कार्यालय स्थापना गरेर ति देशमा रहेका नेपालीहरुलाई सेवा प्रदानगर्दै आईरहेको छ । त्यसैगरी बैंकले मलेसिया, दक्षिण कोरिया, कतार, युएई, बहराइन, जोर्डन, अष्ट्रेलीया, बेलायत र भारत लगायतका मुलुकबाट रेमिट्यान्स भित्र्याउने कार्यमा महत्वपूर्ण योगदान पु¥याउँदै आइरहेको छ ।