समाचार

मेलम्ची खानेपानी आयोजनाको बाँकी काम अगाडि बढाउन माग

काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकको प्रारम्भमा विशेष समयमा सांसद बलरामप्रसाद बाँस्कोटाले सरकारले योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम कार्यान्वयनमा ल्याएकामा सराहना गरे ।

उनले सहमति र सहकार्यका आधारमा कार्यक्रम कार्यान्वयन भएको चर्चा गर्दै यसले निम्न आय भएका वर्गलाई विशेष फाइदा पुुग्ने विश्वास व्यक्त गरे । सांसद राधेश्याम अधिकारीले राष्ट्रिय शिक्षा आयोगले आफ्नो प्रारम्भिक प्रतिवेदन शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीसमक्ष बुझाएको भन्नेबारेमा शिक्षामन्त्रीले सदनलाई जानकारी गराउन माग गर्दै प्रतिवेदनको मस्यौदा सांसदको पिजनहोलमा कहिले राख्ने भन्ने प्रश्न गरे ।

उनले संविधानमा सार्वजनिक, निजी, सहकारीकामार्फत शिक्षा विकास गर्ने भनिएको छ तर सरकारले यो कुरालाई बिर्र्सिएको छ भने । सांसद वृषेशचन्द्र लालले विगतमा तराई–मधेश घटनाका बारेमा छानबिन गर्न गठित समितिले सरकारलाई बुझाएको प्रतिवेदन सार्वजनिक गराउन माग गरे । सांसद दीलकुमारी रावलले राष्ट्रिय गौरवको मेलम्ची खानेपानी आयोजनाको मुख्य ठेकेदार इटलियन कम्पनी सिएमसीले एकतर्फीरुपमा किन आफ्नो ठेक्का प्रक्रिया रद्द गरी आयोजनाको काम ठप्प ग¥यो रु यसका बारेमा खानेपानी मन्त्रीले सदनमा जानकारी गराउन माग गरे ।

सांसद बद्रीप्रसाद पाण्डेले हालै दाङ, नुवाकोटमा भएका सडक दुर्घटना, कालिकोटका आगलागीका घटनामा परी अकालमा मृत्यु भएका परिवारजनलाई उचित राहत प्रदान गर्न र घाइतेको शीध्र उपचारको व्यवस्था मिलाउन माग गर्दै बूढीगण्डकी स्वदेशी कम्पनीले बनाउने प्रबन्ध मिलाउनुपर्छ भने ।

उनले वैदेशिक रोजगारीका लागि मलेशिया जाने प्रक्रिया खोल्न र मेलम्ची खानेपानी आयोजनाका बाँकी काम सम्पन्न गर्न सरकारको ध्यानाकर्षण गराए । सांसद जीवन बुढाले कालिकोटको न्यौपाने बस्तीमा हालै आगलागी हुँदा त्यहाँका १७९ घरमध्ये ८७ घर जलेर नष्ट भएको, १३ जना घाइते भएको, रु तीन करोड छ लाख बराबरको क्षति भएकोतर्फ सरकारको ध्यानाकर्षण गराउँदै आगलागी भएको गाउँको पुनःनिर्माण प्रक्रिया अगाडि बढाउन सङ्घीय सरकारले प्राथमिकता दिन माग गरे । उनले भने, “कणाली प्रदेशका अधिकांश घरका छाना खरले छाएका छन्, आगलागीको उच्च जोखिम हुन्छ । यसैले कर्णालीलाई खरको छानामुक्त बनाउन ध्यान जाओस् ।”

सांसद रामनारायण बिडारीले पुनःनिर्माण प्राधिकरणको समयावधि पुनःनिर्माणका लागि दुई वर्षमात्र भएको सन्दर्भमा हालसम्म प्राधिकरणले के काम ग¥यो । यसका बारेमा सदनलाई जानकारी दिन माग गर्दै राष्ट्रिय गौरवको आयोजना काठमाडौँ बारा जोड्ने द्रुतमार्गअन्तर्गतको खोकना क्षेत्रका समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण गराए । सांसद कोमल ओलीले पूर्व–पश्चिमअन्तर्गतको राष्ट्रिय गौरवको आयोजना हुलाकी सडक आयोजनाको काम छिटो अगाडि बढाउन माग गर्नुभयो । सांसद रामपृत पासवानले दलित जनजाति सूचीमा सूचीकृत गर्दा ध्यान दिन आग्रह गरे ।