गण्डकी प्रदेश

जन्मदिनमा आश्रमलाई सहयोग

बागलुङ । समाजसेवी लालचन्द्र राजभण्डारीले जन्मदिनका अवसरमा मानव सेवा आश्रम बागलुङलाई रु एक लाख सहयोग गरेका छन्।

बिहीबार आश्रममा ७५औँ जन्मदिन मनाउँदै राजभण्डारीले उक्त रकम हस्तान्तरण गरेका हुन् ।

‘मानवताको सेवा नै धर्म हो’ उनले भने, “आश्रम सञ्चालन र व्यवस्थापनमा सहयोग पुगोस् भनेर सहयोग गरेको हुँ ।” जन्मदिन पारेर राजभण्डारीले गर्नुभएको सहयोग अनुकरणीय रहेको आश्रमका व्यवस्थापक मनिष रायमाझीले बताए ।

तीन वर्षअघि खुलेको आश्रमले १९ जना साहाराविहीनलाई आश्रय दिएको छ । बागलुङलाई सडक मानवमुक्त बनाउने अभियानमा आश्रम लागिपरेको छ । विभिन्न सहयोग, चन्दा र दानबाट आश्रम सञ्चालन हुँदै आएको छ ।