राजनीति

अनेरास्ववियुद्वारा सिटीइभिटीका राष्ट्रिय अध्यक्ष ठकुरीलाई कारबाहि, अध्यक्षको जिम्मेवारी थापालाई

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को भातृ संस्था अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववीयु)ले सिटीइभिटीका राष्ट्रिय अध्यक्ष रमेश सिंह ठकुरीलाई कारबाहि गरेको छ ।

अनेरास्ववीयुको गौरवशाली इतिहास,संगठनको विधान र अनुशासनलाई वेवास्ता गर्दै समग्र संगठनमाथि आँच आउने गरी भक्तपुर प्राविधिक विद्यालयमा सञ्चालित आन्दोलनलाई कमजोर बनाउन आर्थिक गतिविधिमा संलग्न रहेको आरोपमा उनलाई संगठनको साधारण सदस्य समेत नरहने गरी कारबाहि गरिएको अनेरास्ववीयु अध्यक्ष नविना लामाद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

साथै सिटीइभिटीमा राष्ट्रिय कमिटीको कामकारबाहि तथा नियमित गतिविधि सञ्चालन गर्न उक्त कमिटीका उपाध्यक्ष रमेश थापालाई कार्यबहाक अध्यक्षको जिम्मेवारी प्रदान गरिएको पनि अध्यक्ष लामाद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

विज्ञप्ति :