राजनीति

राप्रपा प्रजातान्त्रिकले पुस २७ मा पृथ्वी जयन्ती मनाउने

काठमाडौं। राप्रपा (प्रजातान्त्रिक)ले पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाउने निर्णय गरेको छ।

पार्टीका अध्यक्ष पशुपति शमशेर जबराको सभापतित्वमा बिहीबार बसेको उच्चस्तरीय कार्य सम्पादन समितिको बैठकले आगामी पुस २७ गते देशभरि नै पृथ्वी जयन्ती तथा एकता दिवस मनाउने निर्णय गरेको प्रवक्ता राजेन्द्र गुरुङले जानकारी दिए।

बैठकले पार्टीका वरिष्ठ उपाध्यक्ष दीपक बोहरा, उपाध्यक्ष विक्रम पाण्डे र महामन्त्री सुनीलबहादुर थापाबारे विभिन्न सञ्चारमाध्यममा कपोलकल्पित र भ्रामक समाचार सम्प्रेषण भएकामा सो समाचारको खण्डनसमेत गरेका प्रवक्ता गुरुङले जानकारी दिए।