समाचार

सशस्त्र प्रहरीका ८ एसपी एसएसपीमा बढुवा सिफारिस (सूचीसहित)

काठमाडौं  । सशस्त्र प्रहरी बलका ८ जना एसपी एसएसपीमा बढुवा सिफारिस भएका छन् ।

सशस्त्र प्रहरी बलको रिक्त एसएसपी पदमा भगवान मल्ल, भीम बहादुर थापा, कालिदास धौवजी, प्रेमराज पोख्रेल, दमन थापा, कुमार न्यौपाने, फणिन्द्रराज पौडेल र इन्द्रराज कार्की बढुवा सिफारिस भएका हुन् ।

सिफारिसमा चित्त नबुझनेले ७ दिनभित्र बढुवा समितिको सचिवालयमा उजुरी गर्न सक्ने सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक नारायण बहादुर थापाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।