राजनीति

अनावश्यक हल्लाका पछाडि नलागी तरुणको संगठन बिस्तारमा लाग्न अध्यक्ष बस्नेतको आग्रह

काठमाण्डौ । तरुण दल सिन्धुपालचोकको नेतृत्वमा बिबाद नरहेको दलका केन्द्रीय अध्यक्ष जितजंग बस्नेतले बताएका छन् । नेपाली काँग्रेसको शसक्त भातृसंस्था तरुण दलको सिन्धुपालचोक जिल्ला अध्यक्ष दोर्जे लामाको बिषयमा अनावश्यक हल्ला भएको भन्दै उक्त हल्लाको पछि नलागि सिन्धुपाल्चौक तरुणलाई बलियो बनाउन भूमिका खेल्न उक्त जिल्लाका सम्पूर्ण तरुणहरुलाई आग्रह  गरेका छन् ।

साथै दोर्जे लामा र उनको कमिटि नै यथावत रहेको केन्द्रीय समितिको निश्कर्ष रहेको समेत अध्यक्ष बस्नेतद्वारा जारी गरिएको विज्ञप्तीमा जनाईएको छ । उनले विज्ञप्तीमा तरुण दलको हित नचाहने तत्वहरुको बिभिन्न हल्ला गरेको हुन सक्ने भन्दै सचेत हुन समेत सबै तरुणहरुलाई आग्रह गरेका छन् ।