आर्थिक

माछापुच्छ्रे बैंकको नयाँशाखाको अब सुनकोशीमा

काठमाण्डौ । माछापुच्छ्रे बैंकले सुनकोशी शाखा कार्यालयको औपचारिक सुरुवात गरेको छ ।  बैंकले बिहीबार ओखलढुङ्गाको सुनकोशी गाँउपालिकास्थित सुनकोशी शाखा कार्यालयको औपचारिक सुरुवातगरेको छ । उक्त शाखाको उद्घाटन बैंकका नायबप्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले क्रमशः प्रदेश सभाका सांसद मोहन खड्का र सुनकोशी गाउँपालिकाका अध्यक्ष रुद्र प्रसाद अधिकारी सँग संयुक्त रुपले गरे ।

यस अघि यो स्थानीय निकायमा कुनै पनि बैंक तथा वित्तीय संस्थाहरुको उपस्थिति रहेको थिएन । सुनकोशी शाखा कार्यालयको औपचारिक सुरुवातपछि यस सुनकोशी गाँउपालिकामा उपस्थिति जनाउने पहिलो बैंक बन्न सफल भएको छ । नयाँ शाखामार्फत बैंकले आफ्ना ग्राहकहरुलाई कर्जा, निक्षेप लगायतका सम्पुर्ण बैकिङ्ग सुबिधा उपलब्ध गराएको छ ।

बैकले पुर्वमा झापा देखि पश्चिममा कन्चनपुर साथै हिमालदेखि पहाड, र तराईसम्म आफ्ना ८९ वटा शाखाहरु र ४६शाखा रहित बैकिङ्गसेवा समेत गरी जम्मा१३५ स्थानवाट ग्राहकहरुमा सम्पुर्ण बैंकिङ सुबिधाप्रदान गरीरहेको छ । साथै, बैंकको देशभर १०८ वटा एटीएमहरु संचालनमा रहेको छ ।