राजनीति

काँग्रेसबाट विजयी वडाध्यक्ष गरिवलाई कम्मल बाँढ्दै, कम्युष्टिहरु सिंहदरबारमा झगडा गर्दै !

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका वडा नम्बर १० का वडा अध्यक्ष लालबहादुर ऐरले बिपन्न अशक्त असहाय, बृद्ध बृद्धा र अनाथ अपाङ्ग बालबालीकाहरुलाइ आफूले पाउने माशिक तलब भत्ता बाट कठ्याङ्गीदो चिसोमा न्यानो बनाउन प्रति गोटा १५०० पर्ने कम्बल बितरण गरेका छन् । नेपाली काँग्रेसबाट गत स्थानीय तह निर्बाचनमा भारी मतका साथ विजय भएका अध्यक्ष ऐरले सेवा नै धर्म हो भन्ने भाबका साथ बितरण गरेको बताए ।
अध्यक्ष ऐर नगरपालीकाको वडाध्यक्षमात्र नभएर एउटा सिंगो दीनदुःखी गरिबहरुका लागि आदर्श बनेका छन् । यस्ता प्रकारका सामाजिक सेवा बिगतदेखी नै गरेको र आगामी दिनमा पनि गर्ने बचन युवा नेता समेत रहेका वडाध्यक्ष ऐरले सुर्यखबरलाई बताए । प्रमुख प्रतिपक्षी दल काँग्रेसबाट विजयी वडाध्यक्ष कम्मल बाढ्दैगर्दा कम्युनिष्टहरु भने प्रधानमन्त्री, मन्त्री लगायतमा पदको हानाथाप गर्दै सिंहदरबार, मुख्यमन्त्रीको प्रदेश कार्यालयहरुहरुमा हिँडिरहेका भेटिन्छन् ।