आर्थिक

गुडबिल फाइनान्सले नगद लाभांश दिने

काठमाडौँ । गुडबिल फाइनान्स लिमिटेडले आफ्ना शेयरधनीलाई पाँच दशमलव २६ प्रतिशत नगद लाभांश दिने भएको छ ।

कम्पनीले आर्थिक वर्ष २०७४र७५ को नाफाबाट रु चार करोड २१ लाख पाँच हजार २६३ बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीको बुधबार बसेको सञ्चालक समितिको उक्त निर्णय गरेको र सोसम्बन्धी जानकारी नेपाल स्टक एक्सचेञ्जलाई आज गराएको हो । उक्त प्रस्तावलाई नेपाल राष्ट्र बैंक र संस्थाको वार्षिक साधारणसभाले पारित गरेपछि वितरण गरिनेछ ।