लुम्बिनी

विषादीरहित तरकारी खेती अभियान

नेपालगञ्ज । तरकारी खेतीमा रासायनिक विषादीको प्रयोग कम गर्न बाँकेको खजुरा गाउँपालिका–३ ले किसानका लागि तालीमसहित सचेतनामूलक अभियान सञ्चालन गरेको छ ।

रासायनिक विषादीको प्रयोगद्वारा उत्पादित तरकारीले मानिसको स्वास्थ्यमा प्रत्यक्ष असर गर्ने भएपछि सो वडा कार्यालयले विषादिरहित तरकारी उत्पादनका लागि अभियानसहित कृषकलाई तालीम शुरु गरेको हो । वडाध्यक्ष कान्तुराम गौतमले वडा क्षेत्रका किसानलाई विषादी प्रयोग नगरेरै तरकारी उत्पादन गर्न सकिने विधि तथा प्रविधिका विषयमा जानकारी गराउने बताए ।

तालीममा सहभागी बनाइएका किसानलाई रासायनिक विषादीको सट्टा जैविक मल प्रयोग गरी तरकारी उत्पादन गर्ने वैज्ञानिक प्रविधि सिकाइएको छ । ‘जैविक मल प्रयोग गरेर उत्पादन गरेका तरकारी अलि महँगो तर सहजै बिक्री हुन्छ र यो स्वास्थ्य र वातावरणीय पक्षमा पनि उपयुक्त हुन्छ,’ प्रशिक्षक पद्म खड्काले भने ।