बाग्मती

तेक्वान्दोको सेमिनार शुरु

काठमाडौँ । नेपाल तेक्वान्दो सङ्घ प्रदेश नं ३ को संयोजन तथा नेपाल तेक्वान्दो सङ्घको आयोजनामा नवौँ राष्ट्रिय ग्योरोगी रेफ्री सेमिनार तथा ग्योरोगी कोर्स आजदेखि सातदोबाटोस्थित तेक्वान्दो एकेडेमीमा शुरु भएको छ ।

यही पुस १४ गतेसम्म चल्ने प्रशिक्षणमा २३० जनाको सहभागिता रहेको छ । कार्यक्रमको राष्ट्रिय खेलकूद परिषद्का सदस्य सुदिल शाहीले उद्घाटन गरे।