गण्डकी प्रदेश

किसानले पालेका पशुमा खोरेत रोग

कास्की । कास्कीको अन्नपूर्ण गाउँपालिका वडा नं १, २ र ३ का किसानले पालेका पशुमा खोरेत रोग देखिएको छ ।

मङ्सिर तेस्रो साताबाट फैलिएको रोगबाट हालसम्म पाँच पशु मरेको गाउँपालिकाका पशु शाखा संयोजक ऋषिराम दाहालले जानकारी दिए।

साविक ढिकुरपोखरी गाविसअन्तर्गत सेराचौर, भीरमुनी लाकुरीबोट, सिम्पाली र माझथोकका किसानले पालेका ३० वटा पशुमा रोगको संक्रमण देखिएको दाहालले बताए ।

रोग देखिएको क्षेत्रबाट अन्यत्र फैलिन नदिन र रोकथामका लागि एक हजार ८०० पशुमा रोग प्रतिरोधात्मक खोप लगाइएको भनाइ उहाँको छ । खोरेत खुरफट्टा ९गाई, भैँसी, बाख्रा, भेडाजस्ता खुर फाट्ने० जनावरमा जीवाणुको कारणबाट लाग्दछ ।

खोरेतको लक्षण देखिएको जनावरमा ज्वरो आउने, मुख र खुट्टामा घाउ हुने, ¥याल काढ्ने र झोक्राउने लक्षण देखिने पशु स्वास्थ्य प्राविधिक बताउँछन् ।

खोरेत फैलिएका क्षेत्रमा रोग पूर्णरूपमा नियन्त्रणमा नआउन्जेलसम्म पशु ओसारप्रसार नगर्न, दूध तथा मासु बिक्री वितरण नगर्न र गोठमा जैविक सुरक्षाका उपाय अवलम्वन गर्न गाउँपालिकाले कृषकसँग आग्रह गरेको छ ।