आर्थिक

एनआईसी एशिया बैंकको “साथी”सञ्चालनमा

काठमाण्डौ । एनआई सी एशिया बैंक लि.को आफ्नो मुलनारा “बैंक पनि, साथी पनि, राम्रो पनि, हाम्रो पनि” को भावना अनुरुप प्रबिधिमा आएको विकासलाई ग्राहकहरुको थप सुविधामा उपभोग गर्ने अभिप्रायले बैंकको सामाजिक संञ्जाल “Facebook”” अन्तर्गत “साथी” नामक बैंकको आफ्नो “Chatbot” संञ्चालनमा ल्याएको छ ।

“साथी”नामक उक्त “Chatbot” यहि २०७५ सालपौष १० गतेबाट सञ्चालनमा रहेको छ । यस “साथी” “Chatbot” मार्फत बैंकका ग्राहकहरूले आफ्नो चाहाना अनुरुपका जिज्ञासाहरुकोे आधिकारीक जवाफ प्राप्त गर्न सक्नुहुनेछ। यस कार्यले डिजिटल बैंकिङ्गको विकासमा बैंकले थपउचाई प्राप्त गर्ने बिश्वास बैंकले लिएको छ ।

बैंकलाई आमजनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंक प्रतिको भरोसाले गर्दा मुलुकभर २७० शाखा कार्यालयहरु, २८७ एटिएम, ३७ वटा एक्सटेन्सन काउण्टर एवं २० वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवाप्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफलभएको छ । बैंकको वासलातको आकार रू. २१३ अर्ब भन्दा बढि पुगेको छ भने कुलनिक्षेप करिब रू. १६८ अर्ब पुगिनिजी क्षेत्रबाट स्थापित बैंकहरु मध्ये नेपालको सबैभन्दा ठूलो बैंक तथा कुल कर्जा करिब रू. १४५ अर्बसहित निजी क्षेत्रका बैंकहरु मध्ये नेपालको सबैभन्दा ठूलो बैंकको रुपमा बैंकले आफ्नो पहिचान बनाउन सफल भइसकेको छ । हालसम्म यस बैंकमा ग्राहकको संख्या करिब १४ लाख रहेको छ ।

साथै संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई यस बैंकले पालना गर्दै आएको छ । समस्त ग्राहकहरूलाई उच्चस्तरीय सेवादिँदै आइरहेको यस एनआई सी एशिया बैंकले ग्राहकहरूको सुझावलाई उच्च सम्मानगर्दै बैंकलाई प्राप्त सुझावहरुलाई मध्यनजरगर्दै अगामी दिनहरुमा यस्तै खालका विभिन्न विद्युतिय सेवाहरु ल्याउने योजना राखेको छ ।