बाग्मती

विकल साहित्य प्रतिष्ठानको भवन निर्माण सम्पन्न

काठमाडौँ । नेपाली आख्यान साहित्यका विशिष्ट प्रतिभा रमेश विकलको नाममा स्थापित रमेश ‘विकल साहित्य’ प्रतिष्ठानको भवन निर्माण गरिएको छ ।

भवन राजधानीको गोकर्णेश्वर नगरपालिका–९ आरुबारीस्थित विकलको पुख्र्यौली थलोमा निर्माण गरिएको हो । भवन निर्माणसहित आन्तरिक साजसज्जाको काममा रु एक करोड ४८ लाख ५० हजार खर्च भएको प्रतिष्ठानका महासचिव विजय चालिसेले जानकारी दिए ।

भवन निर्माणका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट दुर्ई आर्थिक वर्षमा गरी रु ७० लाख सहयोग प्राप्त भएको थियो । राष्ट्रिय योजना आयोगबाट रु पाँच लाख, काठमाडौँ निर्वाचन क्षेत्र नं ३ को निर्वाचन क्षेत्र विकास कार्यक्रमबाट रु ४० लाख सहयोग प्राप्त भएको प्रतिष्ठानले जनाएको छ ।

सांसद रामेश्वर फुयाँलको सहयोग तथा पूर्वमन्त्री अम्बिका बस्नेतको समर्थनमा सो रकम प्राप्त भएको जनाइएको छ । गोकर्णेश्वर नगरपालिकाबाट रु १८ लाख, दाता प्रभात लामा र गोपाल दङ्गालबाट एकमुष्ट रु १५ लाख तथा प्रतिष्ठानका महासचिव चालिसेबाट पनि रू ५० हजार प्राप्त भएको थियो ।

पुस १४ गते शनिबार रमेश विकल साहित्य प्रतिष्ठानको ११ औँ स्मृति दिवस तथा १२औँसाधारणसभामा भवनको उद्घाटन हुनुको साथैविकलका नाममा स्थापित विभिन्न पुरस्कार वितरण गरिने प्रतिष्ठानका महासचिव समेत रहनुभएका विकलका ज्येष्ठ सुपुत्र चालिसेले जानकारी दिए ।

कथा र उपन्यासमार्फत् नेपाली साहित्यको श्रीवृद्धिमा उल्लेखनीय योगदान दिनुभएका विकलको चित्रकला र सङ्गीतमा पनि विशेष रुची थियो । ‘अबिरल बग्दछ इन्द्रावती’ ‘नयाँ सडकको गीत’ ‘आज फेरि तन्ना फेरिन्छ’ जस्ता कालजयी रचनाका श्रष्टा विकल लेखनसँगै सम्पादनमा पनि सक्रिय छन् ।