आर्थिक

ग्लोबल आइएमई बैंक र नेपाल नेशनल हस्पिटलबीच सम्झौता

काठमाण्डौ ।  ग्लोबल आइएमई बैंक र नेपाल नेशनल हस्पिटल बीच बुधबार अस्पतालले प्रदानगर्ने विभिन्न सेवा तथा सुविधाहरुमा दिइने छुट सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ । बैंकले अस्पतालसँग आफ्ना ग्राहकलाई स्वदेशमै गुणस्तरीय उपचारमा सहुलियतदिने उदेश्यले दुईपक्षीय सम्झौता गरेको हो ।

उक्त सम्भौतापत्रमा नेपाल नेशनल हस्पिटलका बजार व्यबस्थापन प्रबन्धक श्रुती राणा रग्लोबल आइएमई बैंककाकार्ड बिक्रि, वितरण तथा प्रबद्र्घन विभाग प्रमुख रविन्द्र ढकालले हस्ताक्षर गरेका हुन् ।

ग्लोबल आइएमई बैंकले आफ्ना–ग्राहकहरुलाई बैंकिङ्ग सेवाको अतिरिक्तअन्य सुविधाहरु प्रदानगर्ने उद्देश्यले लामो समयदेखि विभिन्न संस्थासँग समन्वय गरी यस्तो योजनाहरु ल्याईरहेको छ।

उक्त सम्झौतापश्चात नेपाल नेशनल हस्पिटलमाउपचार गराउँदाग्लोबल आइएमई बैंकबाट डेबिट, क्रेडिट, प्रिभिलेज कार्ड लिएका बैैंकका ग्राहक तथा ग्लोबल आइएमई बैंकका कर्मचारीले अस्पतालले प्रदानगर्ने विभिन्न सेवामा१५प्रतिशत सम्मछुट पाउने छन् ।

ग्लोबल आइएमई बैंकले सबैक्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पु¥याउने उद्देश्यले १३३ शाखा, १४१ एटिएम, ७ एक्सटेन्सन काउण्टर, १४ राजश्व संकलन काउण्टर,११२शाखा रहित बैंकिङ्ग सेवा र देश बाहिर ३ प्रतिनिधि/सम्र्पक कार्यालय माफर्त आफ्ना९ लाख ५० हजार भन्दा बढि ग्राहकहरुमाझ सेवाप्रदानगर्दै आइरहेकोछ। त्यस्तैबैंकले अत्याधुनिक प्रविधियुुक्त भाईबर बैंकिङ्ग सेवा, मोबाइल बैंकिङ्गसेवा, इन्टरनेट बैंकिंङ्गसेवाको साथमा अष्टे«लिया, बेलायत र भारतमाप्रतिनिधि/सम्र्पक कार्यालय स्थापना गरेर ति देशमा रहेका नेपालीहरुलाई सेवाप्रदानगर्दै आईरहेको छ । त्यसैगरी बैंकले मलेसिया, दक्षिण कोरिया, कतार, युएई, बहराइन, जोर्डन, अष्टे«लिया, बेलायत र भारत लगायतका मुलुकबाट रेमिट्यान्स भित्र्याउने कार्यमा महत्वपूर्ण योगदान पु¥याउँदैआइरहेको छ ।