समाचार

ढुक्क हुनुस, निर्मलाका बलात्कारी र हत्यारा पत्ता लाग्छः आईजिपी खनाल

काठमाण्डौ । नेपाल प्रहरीका आईजीपी सवेन्द्र खनालले नेत्रबिक्रम चन्द विप्लवको पार्टीबाट कुनै खतरा नरहेको दाबी गरेका छन् । बुटबलमा आयोजित एक कार्यक्रममा बोल्दै विप्लबको नेपाल कम्युनिष्ट पार्टी लगायतका बिद्रोही शक्तीलाई दबाउन उत्शाहजनक रुपमा सफल गरेको बताएका छन् । प्रहरी प्रमुख खनालले विप्लबसंग नडराउन सर्बसाधारणलाई आग्रह गर्दै उसको पार्टीबाट कुनैपनि प्रकारको सुरक्षा थ्रेट नभएको जिकिर गरेका छन् ।

झण्डै ९८ प्रतिशत घटनामा प्रहरीले अनुसंधान सफल गरेको दाबी गर्दै कञ्चनपुरकी बालीका निर्मला लगायतका केही घटनामा प्रहरीले अनुसंधान गरिरहेको र निर्मलाको घटना समेत कुनैहालतमा टुंगोमा पुग्छ भन्ने दाबी गरेका छन् । विद्यार्थीहरुले निर्मलाको घटनालाई टुंगोमा नपुर्याएसम्म प्रहरीलाई विश्वास गर्न नसकिने विचार राख्दा आईजीपी खनाल स्तब्ध बनेका थिए ।