प्रदेश 2

गाउँपालिकाका अध्यक्ष समेत रहेका अब राजपा अध्यक्ष

राजविराज । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालको जिल्ला अध्यक्ष मण्डल सप्तरीको संयोजकमा शतिसकुमार सिंह चयनभएका छन् ।

अध्यक्ष मण्डलको जिल्ला संयोजक रामप्रित यादवको अध्यक्षतामा सम्पन्न बैठकले सिंहलाई चक्रीय प्रणालीअनुसार दुई महीनाका लागि अध्यक्षमा चयन गरेको संयोजक यादवद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ । सिंह तिलाठी कोइलाडी गाउँपालिकाका अध्यक्षसमेत हुन् ।