राजनीति

भ्रष्टाचार बिरोधि उपसचिब पोख्रेलको सरुवा नरोके ओली सरकार कमाउनिष्ट प्रमाणित हुन्छः डा भट्टराई

काठमाण्डौ । नयाँशक्ती पार्टीका संयोजक एबम् पुर्बप्रधानमन्त्री डा. बाबुराम भट्टराईले बिराटनगर श्रम कार्यालयबाट ओली सरकारले सरुवा गरेका उपसचिव प्रम सञ्जेल मुख्यसचिव हुनुपर्ने असल ब्यक्ती भएको दाबी गरेका छन् । श्रम मन्त्रालयअन्तर्गतको बिराटनगर श्रम कार्यालयबाट केहीमहिनामा नै सरुवा भएपछि केहीदिन अघि गलत गर्नेलाई कारबाही गर्नखोज्दा आफू सरुवामा परेको आरोप लगाउदै पत्रकार सम्मेलनमार्फत प्रधानमनत्री ओली, श्रममन्त्री गोकर्ण बिष्ट, सचिब महेश दहाल लगायत सरोकारवाला निकायसंग जवाफ माग गर्दै पत्रकार सम्मेलनमार्फत जानकारी गराएका सञ्जेलको समर्थन जनाउने विश्वभरका नेपालीहरुको भीड लागेको छ ।

भाईरल बनेको पत्रकार सम्मेलनको भिडियोमा ४० बर्ष निजामती सेवामा काम गर्दा आफ्नो साईकल समेत नभएको जिकीर गर्दै आफ्ना सहायकको भने गाडी हुनेगरेको दाबी गर्दै आफूले उक्त सेवा अबधीमा एक रुपैंयाँपनि भ्रष्टाचार नगरेको दाबी गरेका थिए ।

कर्मचारीलाई दुई बर्षभन्दा अगाडि सरुवा गनै नमिल्ने कानूनी प्राबधानलाई लत्याउदै बिभिन्न सरकारहरुले आर्थिक प्रलोभन र माफियाको सेटिंगमा अगाडि नै सरुवा गरेर ह्युमुलेट गर्ने गरिएको छ । भने कतिपय समयमा कर्मचारीहरु नै सेटिगं मिलाएर मालदार ठाँउमा सरुवा मिलाएर जाने गरेका प्रशस्त दृष्टान्तहरु पनि हाम्रो सामु जिवीत छन् । डा. भट्टराईले उक्त भिडियो सुनेपछि आफूले नचिन्ने भन्दै सञ्जेल राम्रा र मुख्यसचिव हुनुपर्ने कर्मचारी भएको दाबी गरेका छन् ।

डा. भट्टराईको आशय ओली सरकारले ईमान्दार छवि भएका मान्छेलाई बढुवा गरेर राम्रो ठाँउमा सरुवा गर्नुको सट्टा उल्टै सरुवा गर्नु ओली सरकार कमाउनिष्ट हो भन्ने प्रमाणि तहुन्छ भन्ने देखिन्छ भने उनले कम्युनिष्ट भए सञ्जेपस्ता कर्मचारीलाई कर्मचारीको नेतृत्व गर्नुपर्ने पद मुख्यसचिबमा बढुवा गर्नुपर्ने भन्ने पनि हो ।

उनले ट्टीटरमा यस्तो लेखेका छन्
‘यी उपसचिवलाई म चिन्दिनँ।तर यिनको कुरा सुन्दा यिनी मुख्यसचिव बन्नुपर्ने मान्छे लाग्यो! यस्तै केसमा मैले इमान्दार सहसचिव पूर्णचन्द्र भट्टराईलाई दलालहरूको दवावमा सरूवा गर्न खोज्ने दुइजना मन्त्रीलाई उल्टै बर्खास्त गरेको याद आयो! यो सरकार कमाउनिष्ट हो कि कम्युनिष्टरु अग्निपरीक्षा छ है!