शिक्षा

प्राईम कलेजमाअन्तराष्ट्रिय स्तरको एआई पाठशाला सुरु हुँदै

काठमाण्डौ । नेपाल अप्लाईड म्याथम्याटिक्स एण्ड इनफरमेटिक्स ईन्स्टिच्यूट अफ रिसर्च, (नामी) को आयोजनामा काठमाडौंमा ११ दिने प्रथम नेपाल एआई पाठशाला सुरु भएको छ । नेपाल, भारत, चीन, फिलिपिन्स, जर्मनी, नर्वे लगायतका देशहरुबाट आएका १२० जना प्रशिक्षार्थीहरुले उक्त पाठशालामा सहभागिता जनाईरहेका छन् ।

पाठशालामा आर्टिफिसियल ईन्टेलिजेन्सको प्रयोग, उपादयता र आवश्यकताको सन्दर्भमा आवश्यक, तालिम, परामर्श र अनुसन्धान गरिने वताईएको छ । उक्त ११ दिने पाठशालामा २२ जनाविदेशी, ७० जना काठमाडौं उपत्यका, १७ जना काठमाडौं उपत्यका बाहिरका र २० जना व्यावसायिक क्षेत्रका ब्यक्तित्वहरु सहभागि रहेकाछन् ।
पाठशालामा आर्टिफिसियल ईन्टेलिजेन्स (एआई) लाई नेपालको सन्दर्भमा कसरी प्रयोग गर्ने ? तथा नेपालले झेलिरहेका आर्थिक, शैक्षिक, ब्यवस्थापकिय, स्वास्थ्यलगायतका समस्याहरुको समाधानमा एआईलाई कसरी प्रयोग गर्न सकिन्छ भन्ने विषयमा छलफल गरिनेछ ।

उक्त कार्यक्रममा सहभागिहरुलाई तालिम र परामर्र्श दिनआउनु भएका नामीका सदस्य तथा बेलायतमा रहेको योर्क विश्वविद्यालय अन्तर्गत कम्यूटर विज्ञानविभागका प्राध्यापक सुरेश मानन्धर नेपालमा एआई सम्वन्धि प्रभाकारी शिक्षणको सुरुवात नै हुननसकेको वताउछन् । मानन्धरका अनुसार यो पाठशालाले एआईको सम्वन्धमा विद्यमान भ्रमनिवारण तथा यसको उपादयताको बढोत्तरी र एआई पढाउने शैक्षिक संस्थाहरुको स्तर उन्नतीमा सहयोग पु¥याउनेछ ।

नामीकाअर्का सदस्यता थाईम्पेरियल कलेज लण्डनमा पोष्टडक्टरल अनुशन्धानकर्ताको रुपमाकार्यरत डा.विनोद भट्टराईका अनुसार पाठशालाको आयोजनागर्नुको पछाडि नेपालमा ‘अनुशन्धान सँस्कारलाई सहयोग पु¥याउनु हो ।’ भट्टराई, नेपालका लागि कस्तो प्रविधि आवश्यकता हुन्छ भन्ने कुरा नेपालले नै तय गर्न सक्नु पर्ने बताउछन् । नेपालको कृषि, स्वास्थ्य लगायतका क्षेत्रमा आवश्यक प्रविधिकालागि आजपनि बाहिरी देशसँग निर्भर हुनु परिरहेको भट्टराईको भनाई छ । भट्टराई ‘जबसम्म अनुशन्धान गर्ने सँस्कार र वातावरण निर्माण गरिदैन तबसम्म प्रविधिको क्षेत्रमा प्रगति नहुने’ दावी गर्छन् ।

विज्ञान प्रविधिको क्षेत्रमा अत्यन्तै पछौटेपन बेहोरीरहेको नेपालमा आर्टिफिसियल ईन्टेलीजेन्स जस्तो अत्याधुनिक विज्ञान र प्रविधिसँग सम्वन्धित विषयमा सोध, तालिम र वहस हुनु आफैंमा सुखद विषय हो । प्राईम कलेजका प्रिन्सिपल प्राध्याप कडाक्टर कृष्णकुमार श्रेष्ठनामीले सञ्चालन गरेको पाठशालाले एआई सँगसँगै समग्र सुचना प्रविधि क्षेत्रलाई उत्प्रेरित गर्ने वताउछन् ।

नेपालबाट विश्वका विभिन्न विश्वाविद्यालय र अनशन्धान केन्द्रहरु पुगेर उक्त विश्वविद्यालयमा कम्यूटर विज्ञान र एआईको क्षेत्रमाकार्य गरेकातथा नेपालमापनि सुचना प्रविधि क्षेत्रमै कार्य गरेका प्राध्यापक, अनशन्धानकर्ता र बैज्ञानिकहरु मिलेर स्थापना गरिएको नामीको अवधारणा सन् २०१५ बाट नै अगाडि बढेको हो । नेपालमा सन् २०१८ मा कानुनी प्रकृया पुरा गरी गैर नाफामुलक संस्थाको रुपमा स्थापित नामीले नेपालको शैक्षिक, औद्योगिक, ब्यवस्थापकीय र स्वास्थ्य क्षेत्रसँग मिलेर उक्त विषयगत क्षेत्रहरुको विकासका लागि एआई सम्वद्ध अध्ययन अनुशन्धान गर्ने तय गरेको छ ।

नेपाली विद्यार्थीहरुको विद्यावारिधि लगायत सोध र अनुशन्धानको कार्यलाई सहयोग गर्ने र नेपालको आवश्यकतामा आधारित वृहत्तर अनशन्धानलाई कार्यान्वयनमा लैजाने उद्देश्य सहित स्थापितनामीले विज्ञानप्रविधिको विकासकालागि आवश्यक नीति निर्माणमा सहेत सहयोग गर्ने वताएको छ ।

प्रथम नेपाल एआई पाठशालाकालागि सहभागिहरु छनौट गर्न अनलाईन मार्फत विश्वब्यापी आवेदन माग गरिएको थियो भने नेपालका कलेजहरुमा विभिन्न माध्यममार्फत सुचना सम्प्रेशणगरिएको थियो । विभिन्न मापन विधि मार्फत १२० जना सहभागिहरुको छनौट गरिएको पाठशालामा काठमाण्डौं उपत्यका भन्दाबाहिरका सहभागिहरुकालागि आवासिय ब्यवस्था गरिएको छ । एनसेलको प्रायोजनमा काठमाडौं नयाँबजार, खुशीबँुमा रहेको प्राईम कलेजमा सञ्चालनभइरहेको पाठशाला यही डिसेम्वर २०तारिखदेखि ११ दिनसम्म सञ्चालनहुनेछ ।