बाग्मती

दुर्घटनामा एकको मृत्यु

काठमाडौँ । काठमाडौँ महानगरपालिका–७ गौरीघाटमा आज बिहान भएको मोटरसाइकल दुर्घटनामा एकको मृत्यु भएको छ । आज बिहान बा ८५ प ३६३४ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भई दुर्घटना हुँदा गम्भीर काठमाडौँ फुटुङ बस्ने २८ वर्षीय सुरेश रामपालको मृत्यु भएको प्रहरी प्रधानकार्यालय काठमाडौँले जनाएको छ ।

दुर्घटनामा परी गम्भीर घाइते भएका उनको दीर्घायु अस्पताल मित्रपार्कमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।