बाग्मती

कर्मचारी अभावले समस्या भएको भन्दै सामाजिक विकासमन्त्री दुलालले गुनासो गरे

हेटौँडा । प्रदेश नं ३ का सामाजिक विकासमन्त्री युवराज दुलालले जनअपेक्षाअनुसार काम गर्न कर्मचारी अभावले समस्या भएको बतार्एका छन्।

सामाजिक विकास मन्त्रालयको स्वीकृत कार्यक्रम, वार्षिक बजेट, सङ्घीय सरकारबाट हस्तान्तरित कार्यक्रमबारे जानकारी दिँदै उहाँले कर्मचारीको अभावमा सहजरूपले काम गर्न समस्या भएको बताएका हुन् ।

जनताको अपेक्षाअनुसार पारदर्शी शासन व्यवस्था कायम गर्न र पारदर्शिता अपनाउन आफ्नो मन्त्रालय लागेको बताउँदै उनले यसअन्तर्गतका सात विभागमध्ये तीनवटामा विभागीय प्रमुख र आवश्यकताअनुसार कर्मचारी छैन भने । कर्मचारी अभावले बजेट कार्यान्वयन, अनुगमन तथा कार्यसञ्चालन गर्न समस्या भएको उनको भनाइ थियो ।