समाचार

उपसचिब सञ्जेल ओलीलाई सोध्छन्ः तपाईको सरकारमा भ्रष्टाचार बिरोधी कर्मचारी आट्दैनन् र? (भिडियो)

काठमाण्डौ । नेपाल सरकारका उपसचिव प्रेम सञ्जेलले आफ्नो घरमा साईकल नभएपनि आफ्नो असिस्टेण्टको कार भएको भन्दै कर्मचारीहरुले भ्रष्टाचार गर्दा मुलुक बर्बाद भएको आरोप लगाएका छन् । बिराटनगरमा सोमबार पत्रकार सम्मेलन गर्दै आफू भ्रष्टाचार बिरोधी अभियानमा लागेका कारण आफूलाई सरुवा गरेको आरोप लगाउँदै प्रधानमन्त्री, श्रममन्त्री गोकर्ण बिष्ट र आफूलाई सरुवा गर्ने श्रमसचिव महेस दहालसँग जवाफ मागेका छन् । आफूले शान्ती मन्त्रालयमा बिद्रोही सेना हेरेको अनुभब सुनाउदै ४० बर्षको सरकारी सेवाको अनुभबमा आफूले कसैबाटपनि एकरुपैयाँ घुष नखाएको दाकी गर्दै आफ्ना बिरुद्धमा भ्रष्ट उद्योगपति, ब्यापारी, कर्मचारी सबै लागेको बताएका छन् ।

पूर्बसचिब लालमणी ओझा अध्यक्ष भएको १४ जिल्लामा साखा भएको कृषि सम्बन्धी काम गर्ने कार्यालयले मोरङमा १४ जनालाई ठगेको आरोप लगाउदै ठगी गर्नेबिरुद्धमा आफू कडा भएको थिए, यस्ता नगरपालीका, अनुसंधान प्रहरी भएको स्थापना भएको ठाँउमा खुलेआम ठगी हुंदा आफू उक्त ठगी रोक्न खोज्दा त्यसको बिरुद्धमा उत्रिएको र त्यसैको उपहार स्वरुप मलाई सरुवा गरेको हो । उनले श्रममन्त्री बिष्ठसंग रुष्ट हुंदै भनेका छन् ।

दुईबर्षसम्म सरुवा गर्न नपाईने कानूनी ब्यवस्था भएपनि बिना कारण आफूलाई सरुवा गरेको बताउदै आवश्यक परे आफू अदालत, वा जनतासंग जान समेत तयार रहेको बताए । सरकारी कार्यालय निर्माण गर्ने ठेकेदारले निर्बाचन आयोग क्षत्रीय कार्यालय बिराटनगरको भबन एक करोड ६३ लाख २६ हजार ६३९ मा बनेको  पानी चुहीने कमसल घर निर्माण गर्दै आफूलाई घुष दिन आउंदा घुष अस्विकार गर्दै लेटरप्याडमा अख्तियारमा मुद्धा दर्ता गरेको उदाहरण प्रश्तुत गर्दै ओली सरकारको समृद्ध नेपाल सुखी नेपाल कता जाने हो भन्दै प्रधानमन्त्री ओलीलाई ब्यंग्य गरेको थिए । आफूले निर्बाचन आयोगको लेटरप्याडमा अन द स्पोट घुष खानेलाई स्वतः बर्खास्त गर्ने कानूनी ब्यवस्था गर्न आग्रह गरेको बताएका छन् । भ्रष्टाचार निवारण ऐन २००९ पीयनदेखी प्रधानमन्त्रीसम्म तलको राष्ट्रसेवक कर्मचारीले आफ्नो योग्यता क्षमता भन्दा बढी विलासी जिवन बिताए भ्रष्टाचार गरेको ठहरीने भएको जानकारी दिएका छन् ।

कर्मचारीमात्र नभएर धेरै मान्छे भ्रष्टाचार बिरोधी छन् तर उनीहरु बाहिर आएर बोल्दा समस्या आउनेहुंदा बोल्न डराउने दाबी उपसचिब सञ्जेलको छ । बोलेमा सरुवा हुने हुंदा आफू भष्टाचार नगरे भईहाल्छ नि किन प्रम सञ्जेलको जिब्रो चिलाएको भन्नेहरु पनि भएको भनदै आफू गलत गुराको बिरोध गर्दा जेल गईन्छ भने नडराई जेल जान समेत यार रहेको बताएका छन् ।

आफू अनुशासनको भन्दा पनि जिउज्यान नै जोखिममा राखेर काम गर्न तयार गरेको बताएका छन् । सञ्जेलले आफ्नो सरुवा उद्योगपतिले गरेको हुनसक्ने अनुमान गर्दै श्रमन्त्रालयमा भ्रटाचार बिरोधी अभियान्ता नअट्ने हो र भन्ने मन्त्री बिष्ट प्रति लक्षीत गर्दै  प्रश्न गरेका छन् । आफू जापानमा कोदो खाएर विश्व टप गरेको तयसै नभएको आरोप समेत उनको छ ।

पत्रकार सम्मेलनमार्फत सार्बजनिक गरेका सञ्जेलले बोलेका कुराहरु राजनीतिकबृतमा छलफलको बिषय बन्दा नबन्ला तर देशको भित्री अवस्था भनेको पनि यही हो भनेर देखिएको छ ।

उनले पत्रकार सम्मेलनमा बोलेका कुराहरु जस्ताको तस्तैः