पु.समाचार

रविले विजयलाई रक्सी खाएर प्रधानमन्त्री कार्यालयको प्रत्येक कोठामा किन छाद्नुभो भनेपछि…

पोखरा । पर्यटकीय नगरी पोखरास्थित फेवाताल किनारामा बुकवर्म फाउण्डेशन र ¥यान्डम रिडर्स सोसाइटीद्वारा आयोजित आईएमई नेपाल साहित्यिक महोत्सवअन्र्तगत आज विभिन्न समसामयिक विषयमा चर्चापरिचर्चा गरियो ।

महोत्सवमा लेखक साहित्यकारसँगै सर्वसाधारणको उल्लेख्य सहभागिता थियो । लेखकका पुस्तक किन्ने र उनीहरुसँग ‘अटोग्राफ’ लिँदै लेखक तथा पाठकबीचको भलाकुसारी र कार्यक्रमस्थल बाराही चोकमा दिनै भरी देखिएको थियो । महोत्सव अन्तर्गत आजको छलफलको पहिलो विषय थियो, ‘अँध्यारो उज्यालो’ । यो संवाद कार्यक्रममा वरिष्ठ पत्रकार विजयकुमार पाण्डे र रवि लामिछानेबीच भएको अन्तरक्रिया कार्यक्रममा दर्शकको बढी भीड र रुचि देखिएको थियो । लामिछानेले विजयकुमारलाई आक्कुबाक्कु बनाएका थिए । भने विजयकुमारले आफूले प्रधानमन्त्री निवासका प्रत्येक कोठामा रक्सी खाएर छादेको स्वीकारेका थिए ।

अन्तरकृयामा पत्रकारद्वयले पत्रकारिता, साहित्य, सङ्गीत, बेथिति एवं जीवन र जगतका विविध पक्षबारे रोचक संवाद गरेका थिए । साथै वर्तमान राजनीतिक वेथिति र कतिपय नेतृत्व वर्गको गैरजिम्मेवारीपनको समेत उनीहरुले आलोचना गरेका थिए ।

महोत्सवमा दीपक सापकोटाले युवराज घिमिरे, ब्रजेश र अर्चना थापासँग ‘संस्मरण विस्मरण’ का बारेमा अन्तरसंवाद कार्यक्रममा चलाए । उनले कतिपय अवस्थामा आत्मकथाले वास्तविकता एवं यथार्थलाई ढाकछोप गरी आफूलाई उच्च देखाउने गरेको विषयमा व्यंग्य गरेका थिए ।
उनीहरुले नेपालमा आत्मकथा लेखनको शैली एवं आफ्नो जीवनका स्मृति र विस्मृतिलाई उजिल्याउँदै पछिल्लो समय बढ्दै गएको आत्मकथा लेखनको अवस्था र त्यसले पठनशैली बढाएको विषयमा पनि चर्चा गरे ।

सोही अवसरमा मुक्तक मञ्च पोखरासँग आबद्ध १५ मुक्तककारले प्रेम, विछोड, राजनीतिक एवं समसामयिक विषयमा मुक्तक प्रस्तुत गरेका थिए । नेपालमा कला, साहित्यले नै प्रतिपक्षीको भूमिका निर्वाह गरिरहेको र यसबाट विकास निर्माणमा सरकारलाई घचघच्याउन सफल भएको महोत्सवको तेस्रोे संवाद ‘प्रतिरोध’ का सहभागिले जोड दिए ।

वसन्त बस्नेतले वात्स्यायन, कुन्ता शर्मा र उपेन्द्र सुब्बासँग संवाद गरेका थिए । सो अवसरमा कलाका विविध पक्षबारे पनि छलफल गरिएको थियो । उक्त अवसरमा ‘द राइटिङ जर्नी’ शीर्षकमा प्रतिभा तुलाधरले प्रज्वल पराजुली, रवि थापा र प्रणय राणासँग अन्तरसंवाद गरेका थिए । उनीहरुले लेखनशैलीका सम्बन्धमा चर्चापरिचर्चा गरेका थिए ।

पुस्तकले कसरी प्रजातान्त्रिकरणमा सहयोग पु¥याउछ र बजारीकरणसँगको सम्बन्ध के हुन्छ भन्ने बारेमा मानुषी यमी भट्टराईले सञ्चालन गरेको संवाद कार्यक्रममा हरि शर्मा र सिके लाल जुटेका थिए । ‘जर्नालिज्म अण्डर फायर’ शीर्षकमा एएस पनिरसल्भान, कनकमणि दीक्षित र सब्रिना थोप्पासँग भृकुटी राईले अन्तरसंवाद गरेका थिए । पत्रकारिताको जोखिमका विषयमा आफ्ना अभिव्यक्ति प्रस्तुत गर्दै उनीहरुले विश्व परिदृश्यमा पत्रकारिताको वर्तमान अवस्थाबारे चर्चा गरेका थिए ।

सोही समयमा ‘द मेकिङ अफ अ बेस्टसेलर’ शीर्षकमा सुबिन भट्टराई, नवराज पराजुली र कृष्ण धरावासीसँग सरिता पुरीले संवाद चलाएका थिए । उक्त अवसरमा बेस्टसेलर लेखनका पछाडि रहेका संघर्ष, परिश्रमका विविध पक्षमाथि पनि विचारविमर्श गरिएको थियो । महोत्सवअन्तर्गत ‘फुलको आँखा’ विषयमा पत्रकार दिलभुषण पाठकले गायिका आनी छोइङ डोल्मासँग अन्तरसंवाद गरेका थिए । पाठकले आनीसँग जीवन र जगतलाई हेर्ने सकारात्मक दृष्टिकोणबारे रोचक संवाद गर्नुका साथै सकारात्मकताबाट नै जीवन जित्न सकिनेमा उनको जोड थियो ।

आजको अन्तिम संवाद कार्यक्रममा ‘बितेका कुरा’ शीर्षकमा दीप श्रेष्ठ र वसन्त थापाबीच अन्तरसंवाद भएको ¥यान्डम रिडर्स सोसाइटीका अध्यक्ष केशवशरण लामिछानेले जानकारी दिए । उनका अनुसार महोत्सवको अन्तिम दिन भोली नारायणकाजी श्रेष्ठ, गगन थापा, रवीन्द्र मिश्र, प्रदीप गिरी, खगेन्द्र सङ्ग्रौला लगायतका विभिन्न पार्टीका नेता एवं लेखक र साहित्यकारबीच संवाद हुने कार्यक्रम रहेको छ ।