आर्थिक

एनआई सी एशिया बैंकको नयाँ शाखा सुनसरीको इटहरीमा

काठमाण्डौ । एनआई सी एशिया बैंकको नयाँशाखा कार्यालय इटहरी उप–महानगरपालिका वडा नं ५, सुनसरीस्थित पच्रुकीमा शुभारम्भ भएको छ । उक्त साखाको एनआई सी एशिया बैंकका प्रमुखबजार व्यवस्थापन अधिकृत सन्तोष कुमार राठीबाट सोमबार समुद्घाटन भएको छ ।

आईतबारमात्र सुनसरीको प्रकाशपुर र ईनरुवामा साखा खोलेको उक्त बैंक प्रगाढ विश्वास, अगाध स्नेह र बैंक प्रतिको भरोसाले गर्दा मुलुकभर २७०शाखाकार्यालयहरु, २८७ एटिएम, ३७ वटा एक्सटेन्सन काउण्टर एवं २० वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवाप्रदानगर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जालभएको बैंक हुन सफलभएको छ । बैंकको वासलातको आकार रू. २११ अर्ब भन्दा बढि पुगेको छ भने कुलनिक्षेप करिब रू. १६९ अर्ब तथाकर्जा रू. १४५ अर्ब पुगिनिजी क्षेत्रबाट स्थापित बैंकहरु मध्ये नेपालको सबैभन्दा ठूलो बैंकको रुपमाआफ्नो पहिचानबनाउन सफलभइसकेको छ । हालसम्म यस बैंकमाग्राहकको संख्याकरिब १४ लाख रहेको छ । साथै संस्थागत सुशासन, जोखिमव्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई यस बैंकले पालनागर्दै आएको छ ।बैंकले हरेक सम्भावितबजार क्षेत्रमाआफ्ना ग्राहकलाई सेवाउपलब्ध गराउने अभिप्रायले अन्यविभिन्न स्थानहरुमा चाँडै नै थपशाखा कार्यालय संचालनगर्ने योजना अगाडि सारेको छ ।